धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायमै राखेका छन्।बेलुका साढे ६ बजेसम्म ११ हजार १२९ मत गणना हुँदा ४ हजार ९६४ मतसहित हमाल अघि छन्।
गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार नृपबहादुर वडले २५९१ मतसहित उनलाई पछ्याइरहेका छन्। यस्तै एमालेका रणबहादुर चन्दले १२१२ मत पाएका छन्।
उपमेयरमा गठबन्धनका तर्फबाट माओवादीकी शान्ति अधिकारीले २ हजार २७३ मत प्राप्त गर्दै अग्रस्थान हासिल गरेकी छन्।
एमालेकी कन्दकला रानाले २ हजार ९४ मत प्राप्त गरेकी छन्। यस्तै स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले १३४२ मत प्राप्त गरेका छन्।














