धनगढी- कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले नेपाल उद्योग वाणिज्य महासंघको खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गरेका छन् । कुँवरले मंगलबार केन्द्रीय कार्यकारिणी समितिको जिल्ला नगरको (खुल्ला तर्फ) बाट केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गरेका हुन् ।
सुदूरपश्चिमका उद्योगी व्यवसायीहरुको व्यवसायिक समस्याहरुलाई निर्णायक र नीतिगत समाधानतर्फ लैजानका लागि आफ्नो उम्मेदवारी रहको अध्यक्ष कुँवरले बताए । यद्यपि उनले आफू कुन म्यानलबाट उम्मेदवार बन्ने भन्ने खुलाएनन् ।
‘अहिले नै कुन टीमबाट उम्मेदवार बन्ने भन्ने यकिन गरेको छैन,’ उनले भने, ‘जुन व्यवसायीका हकहित एजेण्डालाई जोडतोडका साथ उठाएर आउँछ उही टीमबाट उम्मेदवार बन्छु, उसैसंग सहकार्य हुन्छ।’
उनका अनुसार बरिष्ठ उपाध्यक्षका लागि तीन जना आकांक्षी छन् । यसअघि धनगढीबाट उम्मेदवारी घोषणाका कुँवर अहिले देशभरका उद्योगी व्यवसायीसंग भेटघाटका लागि देश दौडाहामा छन् । महासंघको यही चैत्र २८ र २९ गते हुने ५७आं वार्षिक चुनावी साधारण सभा हुदैछ ।













