• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

मेरो सक्रियता उद्योगी व्यवसायीले बुझेका छन्, राम्रै मत पाउँछु : कुँवर

  •   शुक्रबार, चैत २४, २०७९ मा प्रकाशित

व्यापारिक पृष्ठभूमिमै जन्मिएका पुष्पराज कुँवर सुदूरपश्चिमका एक अग्रणी उद्योगी व्यवसायी हुन् । व्यापारिक क्षेत्रमा चार पुस्ता बिताइसकेको कुँवर परिवारले २०५३/५४ पछि पश्चिमका अन्य जिल्लामा पनि व्यापार विस्तार गर्यो । परिवारका सदस्यहरुले विभिन्न जिल्लामा व्यापार विस्तारको जिम्मेवारी लिए । अछाम, बाजुरा, कैलाली लगायतका जिल्लामा व्यापार विस्तार गरिएको छ । उनका दाईहरु, भतिजाहरु व्यापारिक क्षेत्रमै क्रियाशिल छन् । २०५९ बाट कैलालीमा विस्तार गरिएको व्यापारको जिम्मा पुष्पराजले लिए । अहिले उनले होटल व्यवसाय, खाद्यान्न व्यवसाय, निर्माण कम्पनी, एजेन्सी लगायत सम्हाली रहेका छन् ।

कैलालीमा व्यापार विस्तारपछि २०६३ सालदेखि उनी कैलाली उद्योग वाणिज्य संघको सदस्य बने । त्यस यता उनी निरन्तर सोही संस्थामा आवद्ध छन् । उनी सदस्यबाट कोषाध्यक्ष हुँदै संघको अध्यक्ष बने । अहिले उनी संघको अध्यक्षको दोस्रो कार्यकालमा छन् । पहिलो कार्यकालमा जिल्लाको अध्यक्ष हुँदै गर्दा उनी भुगोलबाट नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यसमेत निर्वाचित भए । अहिले उनी महासंघको जिल्ला नगर उद्योग वाणिज्य संघको तर्फबाट खुला कार्यकारिणी सदस्यको उम्मेदवार बनेका छन् । उम्मेदवारी घोषणापछि देश दौडाहामा निस्किएका कुँवरले उद्योगी व्यवसायीलाई आफूलाई सहयोग गर्न आग्रह गर्नुका साथै उनीहरुका समस्या पनि बुझिरहेका छन् । ताकि विजयी भएर महासंघमा पुग्दा उनीहरुका समस्या समाधानका लागि पहल गर्न सकियोस् । अहिले उनी मतदाता उद्योगी व्यवसायीहरुसंगै रहिरहँदा बिन्तीपत्र डटकमका सहसम्पादक पुस्कर पौडेलले कुराकानी गरेका छन् । प्रस्तुत छ, उम्मेदवार कुँवरसंग गरिएको कुराकानीको सम्पादित अंश :

जिल्ला र नगरको (खुल्ला तर्फ) बाट महासंघको कार्यकारिणी सदस्यमा उम्मेदवारी दिनुभएको छ । तपाईको उम्मेदवारी किन र केका लागि ?
पछिल्लो समय जिल्ला नगर संघमा व्यवसायीहरुले थुप्रै समस्याहरु झेल्नु परिरहेको छ । घरेलु तथा साना, मझौला उद्योग व्यवसायीहरुले यो समस्याहरुसंग जुध्नु परिरहेको छ । अनुगमनका नामबाट पनि स्थानीय तह, स्थानीय प्रशासनबाट व्यवसायीहरुमाथि ज्यादती भइरहेको छ । राज्य, बैंक, वित्तीय संस्थाहरुबाट पनि व्यवसायीहरुले समस्याहरु झेल्नु परिरहेको छ । विशेषगरि यी र यस्तै समस्याहरुको समाधानका लागि मेरो उम्मेदवारी हो ।


चुनावका बेला अधिकांश ठाउँमा उम्मेदवारहरु नपुग्ने गरेको अवस्था रहेछ । कतिपय ठाउँमा व्यवसायीका समस्या बुझ्दै र भोट माग्दै पुग्ने पहिलो व्यक्ति पनि परेछु । सबैले मेरो सक्रियता र लगनशिलतालाई देखेर सहयोग गर्ने बचन दिनुभएको छ ।


उम्मेदवारीसंगै चुनावी अभियान अन्तर्गत देश दौडामा हुनुहुन्छ, तपाईका मतदाता उद्योगी व्यवसायीहरुबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
चुनावी दौडानका क्रममा देशका हरेक ठाउँमा पुग्दा सबै व्यवसायीहरुले सौहार्दपूर्ण तरिकाले स्वागत गरे । देशका सबै उद्योग वाणिज्य संघका उद्योगी व्यवसायीहरुसंग भेटघाट भयो । व्यवसायीहरुका सस्याहरु बुझियो र छलफल पनि गरियो । व्यवसायीहरुका समस्या बुझ्दै मत माग्ने निकै कम उम्मेदवारहरु मध्येमा म परेछु । धरैले फोन मात्रै भोट माग्छन्, तपाई यहीँ आएर भोट माग्नुभयो भने । व्यवसायीका समस्या पनि बुझनुभयो भनेर धेरै व्यवसायी साथीहरु खुशी हुनुभयो । चुनावका बेला अधिकांश ठाउँमा उम्मेदवारहरु नपुग्ने गरेको अवस्था रहेछ । कतिपय ठाउँमा व्यवसायीका समस्या बुझ्दै र भोट माग्दै पुग्ने पहिलो व्यक्ति पनि परेछु । सबैले मेरो सक्रियता र लगनशिलतालाई देखेर सहयोग गर्ने बचन दिनुभएको छ । म पनि विश्वस्त छु ।

खुला सदस्यमा चुनाव लड्न प्रतिस्पर्धा हुनसक्छ, जित्छु भन्ने आधार केही छ ?
जिल्ला नगरबाट खुला कार्यकारिणी सदस्यको १८ जनाको कोटामा ३२ जनाले उम्मेदवारी दिएका छन् । म विगतमा पनि महासंघको केन्द्रीय सदस्य भइसकेकाले मेरो आफ्नो छाप र पहिचान पनि छ । उद्योगी व्यवसायीका समस्याबारे जानकार छु । उद्योगी व्यवसायीहरुको हकहितका लागि लड्दै आइरहेको छु । अहिले बैंकिङ क्षेत्रबाट भएको व्याजदर वृद्धि विरुद्ध पनि आवाज उठायौं । सुदूरपश्चिमबाट त्यसको नेतृत्व गर्दै देशको राजधानीसम्म पुग्यौं । जुन कुरा व्यवसायीहरुले बुझेका छन् । उनीहरुले पनि तपाई जस्तो मान्छे आउनुपर्छ भनेका छन् । त्यसले गर्दा मलाई जित्न समस्या होला जस्तो लाग्दैन ।


कैलाली उद्योग वाणिज्य संघको नेतृत्वमा प्रदेशभर बैंक तथा वित्तीय संस्थाहरुले बढाएको चर्को व्याजदर विरुद्ध आन्दोलन नै गर्यौं । व्यवसायीलाई परेका अन्य समस्या, राहत प्रदान गर्नेलगायतका थुप्रै कामहरु गरेका छौं ।


महासंघमा निर्वाचित भइसकेपछि उद्योगी व्यवसायी र सुदूरपश्चिमको विकासका लागि कस्तो खालको भूमिका निर्र्वाह गर्नुहुन्छ ?
निर्वाचित भएर गइसकेपछि मेरो ध्यान उद्योगी व्यवसायीहरुको हकहितका साथै उद्योग व्यवसायको माध्यमबाट कसरी प्रदेशको विकासमा ध्यान दिन सकिन्छ भन्नेमा नै केन्द्रीत हुन्छ । जुन भूमिकामा म विगतदेखि नै छु ।

कैलाली उद्योग वाणिज्य संघ र केन्द्रीय सदस्य भइरहँदा मुख्य के–के काम गर्नुभयो ?
व्यवसायीहरुहरुलाई परेका हरेक समस्यामा अगाडि आएका छु । बैंक तथा वित्तीय संस्थाबाट झेल्नु परेको समस्या समाधानका लागि कैलाली उद्योग वाणिज्य संघले समाधानको पहल गर्दै आइरहेको छ । यस वर्ष पनि कैलाली उद्योग वाणिज्य संघको नेतृत्वमा प्रदेशभर बैंक तथा वित्तीय संस्थाहरुले बढाएको चर्को व्याजदर विरुद्ध आन्दोलन नै गर्यौं । व्यवसायीलाई परेका अन्य समस्या, राहत प्रदान गर्नेलगायतका थुप्रै कामहरु गरेका छौं । सुदूरपश्चिमको पर्यटन विकासका लागि कैलाली उद्योग वाणिज्य संघले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको सर्वविदितै छ । आगामी दिनमा पनि यस्ता कामले निरन्तरता पाउने नै छ ।

  • उद्योग वाणिज्य महासंघ
  • पुष्पराज कुँवर
शुक्रबार, चैत २४, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद
लागुऔषधसहित तीन जना पक्राउ

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.