काठमाडौ – सुनको मूल्य सामान्य दरमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा २ सयका दरले सुन महंगिएको हो।यसअनुसार छापावाल सुन प्रतितोला ९६ हजार ७ सय रुपैयाँ र तेजाबी सुन ९६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।
१ गते यी सुन क्रमशः प्रतितोला ९६ हजार ५ सय रुपैयाँ र ९६ हजार रुपैयाँमा कारोबार भएको थियो। २ गते सार्वजनिक विदापछि आज ३ गते बजार खुलेको हो। त्यस्तै चाँदीको मूल्य पनि बढेको छ। १ गते प्रतितोला १२ सय ४० रुपैयाँ रहेको चाँदी ३ गते २० रुपैयाँ बढेर १२ सय ६० रुपैयाँ पुगेको छ।













