धनगढी- कैलाली अस्पताल प्रा।लीमा स्टोन तथा युरोलोजी सम्बन्धी निःशुल्क चेकजाँच भइरहेको छ । अस्पतालले नव वर्ष २०८० को अवसरमा वैशाख महिनाभरि स्टोन तथा युरोलोजी सम्बन्धी निःशुल्क चेकजाँच भइरहेको अस्पतालले जनाएको छ।
निःशुल्क चेकजाँचमा मृगौला, पिसाब नली र पिसाब थैलीको पत्थरीको परामर्श, प्रोष्टेट ग्रन्थिका कारणले हुने समस्याको परामर्श तथा उपचार, पटक–पटक पत्थरी भइरहने समस्याको परामर्श तथा उपचार पुरुष निःसन्तानको उपचार, पिसाब तथा मृगौला सम्बन्धी सम्पूर्ण समस्याको उपचार सेवा प्रदान गरिने अस्पतालका अध्यक्ष जनकराज जोशीले बताए।
यस्तै वैशाख महिनाभरि स्टोन तथा युरोलोजी सम्बन्धी दूरबिन प्रविधीद्धारा हुने सम्पूर्ण अप्रेसनमा १० प्रतिशत र औषधीमा ५ प्रतिशत छुट दिइएको बताइएको छ। यस्तै रगत, पिसाब, भिडियो एक्स–रे, ई–सिजी तथा इसिएचओ र एक्सरेमा १५ प्रतिशत छुट दिइएको अस्पतालले जनाएको छ।
सो सम्बन्धी बिरामीहरूको जाँच तथा उपचार कैलाली अस्पतालमा कार्यरत कन्सल्टेन्ट युरोलोजिष्ट डाक्टर सुरेन्द्र बस्नेतले गर्नेछन् । सो सम्बन्धीका बिरामीहरूले समयमै भर्ना भई निःशुल्क चेकजाँच तथा उपचारको लाभ लिन अस्पतालले आग्रह गरेको छ।














