धनगढी– डोटीको शिखर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका दीर्घ बलायर विजयी भएका छन्। उनले ६ हजार ५६२ मत प्राप्त गरेर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भीम बलायरले ४ हजार ५९१ मत प्राप्त गरेका छन्।
यस्तै, एकीकृत समाजवादीका सागर भट्टले ३०२ मत र राप्रपाका गिरी रोकायाले ४२ मत मात्रै पाए। उपमेयरमा नेपाली कांग्रेसकै सुनिता रावल ९जोरा० ६ हजार ४२६ मत ल्याउँदै विजयी भएकी छन्।
उनकी प्रतिस्पर्धी नेकपा एमालेकी लक्ष्मीदेवी मल्लले ४ हजार ६४५ मत पाइन् भने नेकपा माओवादीका रमेशप्रसाद जोशीले ३६६ मत पाएका छन्। नगरका ११ ओटा वडाहरुमध्ये ७ वडामा कांग्रेस र ४ वडामा एमालेका उम्मेदवार विजयी भएका छन्।













