कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-७ मा वडा सदस्य पदमा श्रीमान्-श्रीमती विजयी भएका छन् । विजयी हुनेमा सन्दीप उपाध्याय र कमला उपाध्याय रहेका छन् । श्रीमान्-श्रीमती फरक-फरक पार्टीबाट चुनाव लडेर जितेका हुन् ।
सन्दीप एमालेबाट र कमला कांग्रेसबाट वडा सदस्य पदमा चुनाव लडेका थिए । सन्दीपले खुला सदस्यबाट चुनाव लडेर ७५५ र कमलाले महिला सदस्य पदमा चुनाव लडेर ७९२ मत ल्याएर विजयी भएका हुन् ।














