धनगढी– सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीमा प्रमुखका स्वतन्त्र उम्मेदवार गोपाल हमाल ६ हजार ४१२ मतले अगाडि पुगेका छन्। धनगढीमा २६ हजार ४१९ मत गन्दा हमालले १२ हजार ३०४ मत ल्याएका छन्।
हमाललाई नेपाली कांग्रेसका नृपबहादुर वडले ५ हजार ८९२ मतसहित पछ्याएका छन्।नेकपा (एमाले) का रणबहादुर चन्दले २ हजार ७५२ मत ल्याएका छन् ।














