काठमाडौं – नेपाल र संयुक्त अरब इमिरेटस ९यूएई० बिचको फाइनल खेल आज पुनः हुँदै छ । एसीसी प्रिमियम कप क्रिकेटको सोमबारको खेल वर्षाका कारण रोकिएपछि आज बाँकी खेल हुन लागेको हो ।
त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा जारी खेलमा युएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाइरहेको बेला वर्षाका कारण रोकिएको थियो ।
नेपालले आक्रामक खेल खेलिरहेको बेला १६ ओभरको समाप्तिमा युएई ६० रन जोडेर ५ विकेट लिए पछि पहिलो पटक वर्षाको कारण रोकिन पुगेको खेल पुनः सुचारु गरिएको थियो ।
तर, दोस्रो पटक पुनः सुचारु गरिए पनि वर्षा सुरु भए पछि केही समयका लागि रोकिएको थियो तर ३ः३० बजेसम्म पनि वर्षा रोकिने छाँटकाँट नदेखिए पछि खेल आजसम्मका लागि स्थगित हुन पुगेको हो ।













