धनगढी– कैलालीको टीकापुर नगरपालिकाको प्रमुखमा नागरिक उन्मुक्ति पार्टीका रामलाल डङ्गौरा थारु निर्वाचित भएका छन् । गठबन्धनको तर्फबाट नेपाली काङ्ग्रेसका उम्मेदवार नवराज रावललाई पराजित गरेर उहाँ प्रमुखमा विजयी भएका हुन् ।
प्रमुखमा निर्वाचित थारु आबद्ध पार्टीलार्ई रेशम चौधरीका श्रीमती रञ्जिता श्रेष्ठ चौधरीले नेतृत्व गरेकी छन् । उपप्रमुखमा भने नागरिक उन्मुक्ति पार्टीका उल्कादेवी विश्वकर्मालाई पराजित गरेर नेकपा ९माओवादी केन्द्र० का खडकबहादुर शाह विजयी भएका छन् ।
वडा अध्यक्षमा माओवादी केन्द्रले चार, नेपाली काङ्ग्रेस र नागरिक उन्मुक्ति पार्टीले तीन÷तीन वटा जितेका छन् । एक वटा वडा नेकपा ९एमाले० ले जितेको छ ।













