धनगढी– कैलालीको धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले मतान्तर फराकिलो बनाएका छन् । अहिले सम्म ३३ हजार ६५२ मतगणना हुँदा मेयरमा स्वतन्त्र उम्मेदवार हमालले १५ हजार ४२८ मत पाएका छन् ।
हमाललाई पछ्याइरहेका कांग्रेसका नृपबहादुर वडले ७५९६ मत पाएका छन् । यसैगरी एमालेका रणबहादुर चन्दले ३५१३ मत पाएका छन् । हमाल र वडको मतान्तर ७८३२ छ । उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ६ हजार ९८३ मतका साथ अग्रता लिइरहेकी छिन् ।
उनलाई पछ्याइरहेकी एमालेकी कन्दकला रानाले ६ हजार ९६ पाउँदा स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ३ हजार ८४८ मत पाएका छन् ।यस्तै राप्रपाका उम्मेदवारले २ हजार ३६३ मत पाएका छन्।













