काठमाडौँ– काठमाडौँ महानगरपालिकामा बालेन्द्र साह (बालेन)ले आकर्षक मतका साथ अग्रता कायम गरेका छन्।
हालको ताजा अपडेट अनुसार उनी ३५३७४ मतका साथ अग्रस्थानमा छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापित १९२४८ मतका साथ दोस्रो स्थानमा छन्। साह र स्थापितबीच १६१२६ मतको अन्तर छ।
त्यस्तै, नेपाली कांग्रेसकी सिर्जना सिंहले १९०८३ र राप्रपाका मदनदास श्रेष्ठले १७९६ मत प्राप्त गरेका छन्। मतगणना जारी छ।













