• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ७. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डः बर्ष प्रशिक्षकलाई सारथी अस्पतालको साथ

  •   आइतबार, जेठ २१, २०८० मा प्रकाशित

धनगढी । धनगढीमा हुने चौथो एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डलाई धनगढीमा रहेको सारथी अस्पतालले साथ दिएको छ । नेपाल खेलकद पत्रकार मञ्च कैलालीले धनगढीमा आयोजना गर्ने स्पोर्टस अवार्डको चौथो संस्करणमा सारथी अस्पतालले प्रायोजन गरेर साथ दिएको हो । स्पोर्टस अवार्डमा दिईने ८ वटा विधा मध्येको बर्ष प्रशिक्षक विधालाई सारथीले प्रायोजन गरेको हो । अब यो विधाको नाम सारथी अस्पताल बर्ष प्रशिक्षक अवार्ड रहने छ ।

खेलकुद क्षेत्रमा लागेका खेल प्रशिक्षकलाई पछिल्लो एक बर्षको अवधिमा खेलकुदमा दिएको प्रदर्शनका आधारमा बर्ष प्रशिक्षक रुपमा यो अवार्ड दिईनेछ । यो विधाका विजेतालाई नगद ३० हजार सहित ट्रफी र मेडल प्रदान गरिनेछ । हरेक बर्ष हुने स्पोर्टस अवार्डमा सारथी अस्पतालले प्रायोजन गरेर साथ दिदै आएको छ । विधा प्रायोजन सम्बन्धी सम्झौता पत्रमा सारथी अस्पतालका अध्यक्ष वेदप्रकाश जोशी र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका बरिष्ठ उपाध्यक्ष शंकर बोहोराले हस्ताक्षर गरे । अवार्डमा सुरुवातदेखि जोडिएकोले यसपाली पनि विधा प्रायोजन गरेर सहकार्य गर्दै खेलकुद क्षेत्रलाई साथ दिएको सारथी अस्पतालका अध्यक्ष जोशीले बताए । उनले स्वास्थ्य र खेलकुद एक अर्कासँग जोडिएको र यस्ता कार्यक्रमले खेलाडीहरुको प्रतिभा पहिचानमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

धनगढीको मुख्य बजार स्थित प्रदेश सभा छेउमा सञ्चालनमा रहेको अस्पतालले अत्याधुनिक सुविधा सम्पन्न स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । अस्पतालले नवजात शिशु तथा बालरोग सेवा, हाडजोर्नी तथा नसा रोग सेवा, जनरल मेडिसिन (फिजिसियन) सेवा, जनरल तथा दुरबिनबाट अप्रेशन सेवा, स्त्री तथा प्रसुती रोग सेवा, भिडियो एक्स रे (रेडियोलोजी) सेवा, मानसिक तथा नशा रोग सेवा, मुख, अनुहार तथा बङ्गारा रोग सेवा, नाक कान घाँटी रोग सेवा, छाला कुष्ठरोग सौन्दर्य तथा यौन रोग सेवा, मृगौला तथा मुत्र रोग सेवा, न्युरो मस्तिष्क नशा तथा मेरुदण्ड रोग सेवा, एनेस्थेसिया तथा क्रिटिकल केयर सेवा लगायतका सेवाहरु प्रदान गरिरहेको छ ।

अत्याधुनिक सबै प्रकारका स्वास्थ्य सेवा दिदै आएको सारथी अस्पतालकोे सिफारिसमा मुटुका विरामीहरुको निशुल्क शल्यक्रिया पनि भईरहेको छ । काठमाण्डौंको बाँसबारीमा रहेको मनमोहन कार्डियो भाष्कुलर सेन्टर थेरापीमा वडाको सिफारिसका साथमा धनगढीको सारथी अस्पतालको सिफारिस भएमा निशुल्क शल्यक्रिया हुदैं आएको हो । मुटुको भल्भ फेर्नुपर्ने विरामीहरुको डाक्टर भगवान कोईरालाको पहलमा निशुल्क शल्यक्रिया भईरहेको र यसबाट सुदुरपश्चिम क्षेत्रका मुटुरोगीहरु लाभान्विन भईरहेको सारथी अस्पतालका अध्यक्ष वेदप्रकाश जोशीले बताए । उनका अनुसार जन्मेदेखि १५ बर्षसम्मका विरामीहरुको निशुल्क शल्यक्रिया हुनुका साथै अति गरीब भएको प्रमाण भएमा त्यसमा आतेजाते भाडा पनि पाउने व्यवस्था रहेको छ । १६ देखि ४० बर्षसम्मका विरामीहरुको शल्यक्रिया पनि निशुल्क भए पनि रगतको विसिआर गर्नका लागि लाग्ने शुल्क जुन रकम ५० देखि ७० हजार सम्म लाग्ने गर्दछ, त्यो मात्रै तिर्नुपर्छ । ५० बर्षदेखि माथिका लागि सबै निःशुल्क रहेको छ ।

चौथो संस्करणको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ मार्फत वर्ष २०७९ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने छ । उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने भएको हो । उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५/३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाईम एचिभमेन्ट अवार्डका विजेतालाई २५/२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

असार ८ गते हुने ‘चौथो एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ लाई सुदूरपश्चिमाञ्चल एकेडेमीले मुख्य प्रायोजन गरेको छ । मुख्य सह प्रायोजकमा धनगढीको स्वस्तिक अस्प्ताल रहेको छ । अवार्डको बर्ष प्रशिक्षक विधालाई आरथी अस्पताल, सुदुरपश्चिम आईकन पुरुष विधालाई माया मेट्रो हस्पिटल र सुदुरपश्चिम आईकन महिला विधालाई सिटी पोलिक्लिनिकले प्रायोजन गरेको छ ।

  • एसपिए सुदूरपश्चिम
आइतबार, जेठ २१, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीका १६ खेल मैदानमा ग्रासरुट फुटबल कार्यक्रम सञ्चालन गरिने
सुदूरपश्चिमको बजेट छानबिन अलपत्र, मुख्यमन्त्रीसहित मन्त्रीको राजीनामा माग
टीकापुर अस्पतालमा म्याद गुज्रिएका २४ रिएजेन्ट र १३ औषधी फेला
धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत
काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

समाचार

सबै

धनगढीका १६ खेल मैदानमा ग्रासरुट फुटबल कार्यक्रम सञ्चालन गरिने

सुदूरपश्चिमको बजेट छानबिन अलपत्र, मुख्यमन्त्रीसहित मन्त्रीको राजीनामा माग

टीकापुर अस्पतालमा म्याद गुज्रिएका २४ रिएजेन्ट र १३ औषधी फेला

धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत

धनगढीका १६ खेल मैदानमा ग्रासरुट फुटबल कार्यक्रम सञ्चालन गरिने

सुदूरपश्चिमको बजेट छानबिन अलपत्र, मुख्यमन्त्रीसहित मन्त्रीको राजीनामा माग

टीकापुर अस्पतालमा म्याद गुज्रिएका २४ रिएजेन्ट र १३ औषधी फेला

धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.