• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ६. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ७. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • ८. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ९. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

  • १०. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

देशभरिकै उत्कृष्ट कलेजभित्र पर्दै एसपीएले पायो राष्ट्रिय सम्मान

  •   आइतबार, असार १७, २०८० मा प्रकाशित

धनगढी- देशभरिकै उत्कृष्ट कलेजभित्र पर्दै धनगढीको सुदूरपश्चिममाञ्चल एकेडेमी (एसपीए कलेज)ले राष्ट्रिय शिक्षा सम्मान प्राप्त गरेको छ ।काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा शनिबार आयोजित एक समारोहका बीच देशभरिकै कलेजको उपस्थितिमा एसपीए कलेजलाई उक्त सम्मान प्रदान गरिएको हो ।

पूर्व शिक्षामन्त्री अर्जुननरसिंह केसीले एसपीएका क्याम्पस प्रमुख योगराज उपाध्यायलाई दोसल्ला ओढाई उक्त सम्मान पत्र प्रदान गरेका थिए । फोकस नेपाल नामक संस्थाले देशभरिकै शैक्षिक संस्थाहरुबीच विभिन्न मापदण्डका आधारमा गरेको प्रतिस्पर्धामा एसपीए उत्कृष्ट कलेजभित्र पर्न सफल भएको हो ।

लामो समयदेखि नेपालको शैक्षिक क्षेत्रमा पुर्याएको योगदान, भौतिक पूर्वाधार, दक्ष र अनुभवी प्राध्यापकहरु, समयानुकुल प्रतिस्पर्धात्मक गुणस्तरीय शिक्षा प्रदान गरे नगरेको र विगतको परीक्षाको नतिजालाई प्रमुख आधार बनाएर उक्त अवार्ड प्रदान गरेको हो ।

अवार्ड ग्रहण गर्दै एसपीएका क्याम्पस प्रमुख उपाध्यायले २६ वर्षको लामो शैक्षिक इतिहास बोकेको एसपीए कलेजले यो सम्मान पाउँनु समग्र सुदूरपश्चिमका लागि नै गर्विलो क्षण भएको बताउँनुभयो ।

‘देशभरिकै सयौं कलेजहरुलाई विभिन्न मानकहरुमा पछि पार्दै र अब्बल ठहरिदै एसपीए कलेज उत्कृष्ट कलेजमा पर्न सफल भएको खबर हाम्रा लागि मात्रै नभएर सुदूरपश्चिम क्षेत्रकै लागि गर्विलो क्षण हो,’ उपाध्यायले भने, ‘सम्मानले हामीलाई थप जिम्मेवारी बोध गराएको छ । अन्तर्राष्ट्रियस्तर सुहाँउँदो शिक्षामा कटिबद्ध भएर लाग्न हामी अझै कटिबद्ध भएर लाग्नेछौं ।’

समग्रमा एसपीएले पाँचौपटक उत्कृष्ट उमावि र कलेजको सम्मान पाइसकेको छ । २०६२ र ६३ सालमा एसपीएले उत्कृष्ट प्लस टूको अवार्ड पाएको थियो । यस्तै पछिल्लो दुई वर्ष कलेजले लगातार उत्कृष्ट कलेजको अवार्ड पाउँदै आएको छ । एसपीएका क्याम्पस प्रमुख योगराज उपाध्यायले यसैवर्ष देशभरिबाटै उत्कृष्ट प्रिन्सिपल अवार्ड समेत पाएका थिए ।

३५ सय बढी विधार्थी अध्ययनरत एसपीए कलेज विश्वविद्यालय अनुदान आयोगबाट प्रदान गरिने गुणस्तर सुनिश्चितता प्रयायन (क्यूएए) प्राप्तिको अन्तिम चरणमा रहनुले पनि गुणस्तरीय शिक्षामा एसपीएको भूमिका स्पष्ट हुने उपाध्यायले बताए ।

अघिल्लो महिनामात्रै एसपीए ५ जना विद्यार्थीहरु त्रिभुवन विश्वविद्यालयको दोस्रो र तेस्रो टपर बनेका थिए । गतसाता सार्वजनिक एमबीएस दोस्रो सेमिष्टरको नतिजामा एसपीएका धनबहादुर साउँद देशभरिकै उत्कृष्ट ३७ जनामध्ये २६ औं स्थान हासिल गर्न सफल भएका थिए । यस्तै एसपीए कलेजबाट थुप्रै विद्यार्थीहरु गोल्ड मेडलिस्ट, सुदूरपश्चिम टपर निस्किसकेका छन् ।

कोहीपनि विद्यार्थी गुणस्तरीय शिक्षाबाट वञ्चित नहुन भन्ने उद्देश्यले एसपीएले यसैवर्षदेखि प्रदेश विशेष छात्रवृत्ति समेत घोषणा गरेको छ । जसअन्तर्गत सुदूरपश्चिम र कर्णाली प्रदेशका हरेक जिल्लाका दुई दुई जना विद्यार्थीले शतप्रतिशत छात्रवृत्तिमा एसपीएमा अध्ययन गर्न पाउँनेछन् ।
धनगढी मेनरोडस्थित त्रिनगर स्कुलको भवन भाडामा लिएर २६ वर्षअघि सुरु भएको एसपीए कलेज हाल धनगढी सन्तोषी टोलमा अवस्थित तीनवटा भवनहरुबाट सञ्चालित छ । कलेजमा माध्यामिक शिक्षा (११ र १२) तथा स्नातक तहमा बीबीएस, बीएड, बिए, बिएसडब्लु, एकवर्षे बिएड, बीएचएम तथा बीबीएम विषयहरु अध्ययन–अध्यापन भईरहेको छ । यस्तै स्नातकोत्तरमा एमबिएस र एमएड कार्यक्रम सञ्चालित छन् ।

कलेजका प्रत्येक कोठामल्टि मिडियायुक्त, प्रोजेक्टर र साउण्ड सिस्टम जडित छन् । ल्याब, लाइब्रेरी, सेमिनार हलको व्यवस्था छ । बीएचएमका लागि सुदूरपश्चिममै छुट्टै किचेन ल्याब, आफ्नै बेकरी क्याफे र रेष्टुरेन्ट सञ्चालनमा छ । विद्यार्थीहरु अध्ययनसँगसँगै त्यही रोजगारी गरिरहेका छन ।

जनशक्तिका हिसाबले पनि कलेज सुदूरपश्चिममा ठूलो मध्येको एक हो । कलेजमा १३० भन्दा बढी प्राध्यापक तथा कर्मचारीहरु कार्यरत छन् । बीएचएमका लागि छुट्टै सेफको व्यवस्था गरिएको छ ।

कलेजले गतवर्ष अमेरिकाको न्यूयोर्क शहरमा आयोजित अन्तर्राष्ट्रिय ग्रीन कलेज अवार्ड–२०२२ को अवार्ड समेत जितेको छ ।

विद्यार्थीलाई अवसर दिलाउँने मामलामा पनि एसपीए अगाडि छ । पढ्दापढदै एसपीएका विद्यार्थीहरु अमेरिका, दुबई, बहराईन, थाइल्याण्ड, दुबई, मलेसियालगायत एसपीएका विद्यार्थीहरु भारत र नेपालकै विभिन्न तारे होटलहरुमा कार्यरत छन् । त्यसबाहेक यस क्षेत्रका अधिकांश बैंक तथा वित्तीय संस्थासँग सहकार्य गर्दै कलेजले जागिर तथा इन्टर्नसिपको व्यवस्था मिलाइदिने गरेको छ ।

कुमारी बैंकले भर्खरैमात्रै कलेजमै आएर विद्यार्थीहरुको अन्तर्वार्ता लिएको थियो । विद्यार्थीहरुलाई उद्यमशील बनाउँने उदेश्यल नबिल बैंकसँगको सहकार्यमा नबिल स्कुल अफ सोसियल इन्टरप्रेनरसिप (नबिल एसएसई) सञ्चालनमा छ ।

एसपीएले आफ्ना विद्यार्थीका लागि देशविदेशबाट भिजिटिङ स्कलरहरुलाई निम्ताउँने गरेको छ । कलेजले विद्यार्थीहरुलाई दीक्षित पार्न अमेरिका, अष्ट्रेलिया, फ्रान्स, क्यानडा, बेल्जियम, बेलायत, थाइल्कयाण्ड, भारतलगायत देशहरुबाट भिजिटिङ लेक्चररहरु निम्ताइसकेको छ ।

एसपीएले आफ्ना दायरा राष्ट्रियमात्रै नभई अन्तर्राष्ट्रिय रुपमा पनि अघि बढाउँदै लगेको छ । कलेजले अष्ट्रेलिया, दक्षिण कोरिया, भारतलगायत देशका विभिन्न विश्वविद्यालय र शैक्षिक संस्थाहरुसँग भगिनी सम्बन्ध स्थापना गरेको छ ।

विद्यार्थीहरुको व्यक्तित्व तथा नेतृत्व विकासका लागि एसपीएले विभिन्न १५ वटा क्लबहरु गठन गरेको छ । विद्यार्थीहरु जुन क्षेत्रमा भविष्य निर्माण गर्न चाहान्छन, त्यही क्लबमा आवद्ध हुनसक्छन् र उनीहरुलाई त्यहीअनुसारका प्रशिक्षण, ट्रेनिङ, सेमिनारको व्यवस्था कलेजले गरिदिने गरेको छ ।

एसपीएमा बीआईएम अध्ययनरत् तथा अन्य विद्यार्थीहरुले विभिन्न आविष्कारहरुमा अब्बल छन् । एसपीएका विद्यार्थी सोहन कैनीले बनाएको इलोक्ट्रिक बाइक निर्माण गरेका छन ।

यस्तै विज्ञान संकायमा अध्ययनरत् सागर खनालले एसपीए इभी मोडल वान कार निर्माण गरेका छन् । त्यसबाहेक कलेजमा बीआईएम अध्ययनरत् विद्यार्थीहरुले स्मार्ट डस्टबिन, स्मार्ट होम, ‘भ्वाइस कन्ट्रोल अपलाइन्सेस, ‘स्मार्ट सेन्सरलगायत उपकरणहरुको विकास गरेका छन् ।

सुदूरपश्चिमलाई खेलकुदमा अघि बढाउँन एसपीएको भूमिका अग्रस्थानमा छ । धनगढीलाई क्रिकेटको शहरका रुपमा स्थापित गराउँन एक दशक अघि नै कलेजले एसपीए कपका रुपमा राष्ट्रव्यापी क्रिकेट प्रतियोगिताको सुरुवात गरेको थियो । जसको जगमा टेकेर नेपाली क्रिकेटमा फ्रेन्चाइज टोली र अक्सनप्रथाको सुरुवात भएको हो ।

एसपीएले प्रत्येकवर्ष सुदूरपश्चिमस्तरीय महिला मेयर कप भलिबलको पनि आयोजना गर्दै आएको छ । ८ जना अन्तर्राष्ट्रिय क्रिकेट खेलाडीमात्रै छन ।

त्यस्तै फुटबल, तेक्वान्दो, भलिबल, बास्केटबलका पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु एसपीएमा अध्ययनरत् छन् । यस्तै सुदूरपश्चिमबाट उदाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा ख्यातीप्राप्त खेलाडीहरुलाई सम्मानित गर्न एसपीएले सुदूरपश्चिम स्पोर्टस अवार्डलाई पनि मुख्य प्रायोजन गर्दै आएको छ ।

  • एसपीए
आइतबार, असार १७, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
लागूऔषधसहित ४ जना पक्राउ
भन्सार छलीका सामान नियन्त्रणमा
धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु
वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती
आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
कस्तो रहला आजको मौसम ?

समाचार

सबै

लागूऔषधसहित ४ जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

लागूऔषधसहित ४ जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

  • ६.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.