कैलाली- कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा फेला परेको बम निष्क्रिय गरिएको छ । जिल्लाको घोडाघोडी नगरपालिका– १ सुखडको इलाका प्रहरी कार्यालय पछाडि बन्दै गरेको नालामा फेला परेको प्लास्टिक ग्रेनेड बमलाई नेपाली सेनाको टोलीले शुक्रवार दिउँसो निष्क्रिय पारेको हो।
बिहान कामदारहरूले नाली खन्ने क्रममा विस्फोटक पदार्थ (बम) देखेका थिए । विस्फोटक पदार्थ (बम) देखेपछि उनीहरूले इलाका प्रहरी कार्यालय सुखडलाई खबर गरेका थिए ।
खबरपछि बढैपुरबाट गएको नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको इलाका प्रहरी कार्यालयका प्रमुख वीरेन्द्र वीर विश्वकर्मा जानकारी दिए।
प्लास्टिक ग्रेनेड बम द्वन्द्व कालको समयमा लुकाइए छिपाई राखिएको हुन सक्ने आशङ्का गरिएको छ। सो सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।













