धनगढी– धनगढीमा नेपाल राष्ट्र बैंकका गभर्नरविरुद्ध प्रदर्शन गरिएको छ । धनगढीस्थित नेपाल राष्ट्र बैंकको गेटमा नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारी कैलालीले गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्त गर्न माग गर्दै प्रदर्शन गरेको हो ।
प्रदर्शनकारीहरुले बैंकको गेटमा कालो ब्यानर टाँसेर विरोध गरेका थिए । विरोध कार्यक्रमलाई संगठनका केन्द्रीय उपाध्यक्ष मदन भुललगायतले सम्बोधन गरेका थिए । गभर्नर अधिकारीलाई बर्खास्त गर्नुपर्ने माग गर्दै अखिल क्रान्तिकारीले देशभर आन्दोलन गरिरहेको छ । त्यक्रममा कैलालीमा पनि विरोध प्रदर्शन गरिएको हो ।
आन्दोलनका अन्य थप कार्यक्रमहरु पनि गरिने अनेरास्ववियु क्रान्तिकारी कैलालीले जनाएको छ।













