• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १६ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

बहराईनको फाइभस्टार होटलमा पाए एसपीएका विधार्थीले रोजगारीको अवसर

  •   आइतबार, साउन ०८, २०७९ मा प्रकाशित

धनगढी– धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी(एसपीए) कलेजका दुई विधार्थीले बहराईनको एक फाइभस्टार(पाँच तारे) होटलमा पेड इन्टनसिप(तलबसहितको इन्टनसिप)को अवसर पाएका छन् ।

बहराइनको विश्वप्रशिद्ध पाँचतारे होटल क्राउन प्लाजा एचजी होटलमा एसपीएको बीएचएम (ब्याचलर इन होटल म्यानेजमेन्ट)मा अध्ययनरत् पवन भाट र प्रकाश बोहराले पेड इन्टनसीपको अवसर पाएका हुन् ।

कलेजले उनीहरुलाई १ वर्षका लागि उक्त अवसर जुटाईदिएको हो । बीएचएम पहिलो ब्याचका उनीहरुले उक्त अवधिमा कलेजमा पढेका विषयवस्तुलाई सिक्नुका साथै त्यहाँ आकर्षक आम्दानी पनि गर्नेछन् । इन्टनसीप अवधि सकिए लगत्तै उनीहरुले उक्त होटलमै काम गर्न पाउनेछन् ।

२७८ कोठायुक्त पाँच तारे उक्त होटलमा बहराइन अन्तर्राष्ट्रिय एयरपोर्टबाट १५ मिनेटको दूरीमा रहेको छ । बहराईनको मुख्य कुटनीतिक निकायहरु, दूतावासहरु, बैंकहरु, व्यापारिक प्रतिष्ठानहरु रहेको क्षेत्रमा अवस्थित उक्त होटल सबैभन्दा ब्यस्तमध्येको एक हो ।

उनीहरुसँग पाँचतारे होटेलमै काम गरेको अवसर हुने भएकाले चाहेको खण्डमा अरु देशका अन्य लक्जरिएस होटलमा आकर्षक तलबसुविधासहित काम गर्ने अवसर पाउँनेछन् ।

एसपीएका क्याम्पसप्रमुख योगराज उपाध्याय र बीएचएम कार्यक्रम निर्देशक डिल्लीराज भण्डारीले शनिबार क्याम्पसमा एक कार्यक्रमकाबीच दुबैजनालाई विदाई गरे ।

No description available.

बिदाई कार्यक्रममा क्याम्पस प्रमुख उपाध्यायले विधार्थीहरुलाई आगामी जीवनको शुभकामना दिदैँ एसपीएले विधार्थीलाई अध्ययनसँगसँगै उनीहरुको भविष्यको पनि सुनिश्चितता गरिदिने बताए ।

‘हामीले विधार्थीलाई संस्कार र अनुशासनयुक्तसँगसँगै पसिना र कर्ममा विश्वास गर्ने बनाउँछौं,’ क्याम्पस प्रमुख उपाध्यायले भने, ‘सोहीकारण हाम्रा विधार्थीहरु दुबई, बहराईन, भारत, नेपालका होटलहरुमा इन्टर्नका रुपमा काम गर्दागर्दै राम्रो आम्दानी पनि गरिरहेका छन् । एसपीएका विधार्थीहरुको लगाव मिहिनेतका कारण ती होटलहरुमा विधार्थीहरुले उच्च सम्मान र महत्व पनि पाएका छन् ।’

सुदूरपश्चिममा बीएचएमका लागि आफ्नै छुट्टै आधुनिक सम्पूर्ण स्रोत साधानयुक्त ल्याब, किचेन, बेकरी, बार, रेस्टुरेन्ट, हाउस किपिङ भएको एकमात्रै शैक्षिक संस्था एसपीए हो । एसपीएका बीएचएम कार्यक्रम निर्देशक डिल्लीराज भण्डारीले विधार्थीलाई बधाई दिँदै उनीहरुले विश्वप्रशिद्ध होटलमा काम गर्ने अवसर पाउनु उनीहरुको भविष्य सुनिश्चित भएको आधार भएको बताए ।

No description available.

‘यस्ता होटलमा इन्टरसिपको अवसर पाउनु भनेको अन्तर्राष्ट्रिय हस्पिटालिटी क्षेत्रमा अगाडि बढ्नसक्ने सुनिश्चितता हो । पढ्दापढ्दै पाएको यो अवसरले विधार्थीहरुको भविष्य सुनिश्चित भएको ग्रिन सिंग्लन पनि हो,’ उनले भने, ‘एकवर्षको यस पेड इन्टनसिपपछि विधार्थीहरुले त्यही जागिर पाउने अथवा विश्वभर रहेका तारेहरु होटलहरुमा यी विधार्थीले आकर्षक जागिर पाउने निश्चित छ ।’

भण्डारीले विधार्थीहरुलाई इन्टनसिपका लागि पाँचतारे होटलहरु उत्कृष्ट गन्तव्य भएकोमा जोड दिए ।

‘पढे अनुसारको अभ्यास तथा सीप हासिल गर्नका लागि यी होटल उत्कृष्ट गन्तव्य हुन् । यहाँ पढेअनुसारको संस्थागत संरचना र व्यवसायिक संस्कार प्रत्यक्ष अनुभव गर्न पाइन्छ,’ उनले भने, ‘जहाँ उनीहरुले विश्वको तौरतरिका अनुसार काम गर्ने, सिक्ने एक्सोजर पाउँछन् । विधार्थीहरुको सिक्ने चाहनालाई कलेजले भरपुर मिहिनेत गरेर यथार्थमा बदलिदिएको छ । यसबाट हामी अन्ततै खुशी छौं ।’

No description available.

यसअघि पनि एसपीएका विधार्थीहरु दुबईको विश्वप्रशिद्ध पाँच तारे होटल ‘द मेरियट्स मार्किस’, बहराईन, कतार, मलेसिया, भारत, माल्दिभ्सलगायत नेपालका विभिन्न होटलहरुमा कार्यरत छन् । सुदूरपश्चिममा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त बीएचएमको सबैभन्दा ठूलो कार्यक्रम एसपीएमामात्रै छ ।

कलेजको आफ्नै आधुनिक ल्याब हुनुका साथै छिट्टै आफ्नो क्याफे सञ्चालनमा आउँदैछ । विधार्थीको अभ्यासका लागि एसपीएमा अन्तर्राष्ट्रिय चेन होटलमा काम गरेका सेफसमेत छन् ।

बीएचएम अध्ययन गर्न चाहने विधार्थीले सि–म्याट(प्रवेश परीक्षा) दिनुपर्छ । जुन अहिले क्याम्पसमा चलिरहेको छ । सिम्याट दिन सम्पर्कमा आएका सुरुवाती ५० जनालाई कलेजले निशुल्क बारिष्टा(कफी बनाउँने) र बेकरीको ट्रेनिङ तथा बेसिक कम्प्युटर कोर्ष पनि गराउँने कार्यक्रम निर्देशक भण्डारीले जानकारी दिए ।

जुनसुँकै संकायबाट आएका विधार्थीले पनि बीएचएम पढ्न पाउँछन् । हरेक विषयमा १.८ वा डी प्लस जिपिए आएको हुनुपर्छ । त्रिविको छात्रवृत्ति, प्रवेश परीक्षा टप गर्ने, गरिब जेहोन्दोर विधार्थीलाई पनि क्याम्पसले छात्रवृत्तिको व्यवस्था छ ।

No description available.

अघिल्लो हप्तामात्रै देशभरिका हजारौं कलेजहरुमध्येबाट एसपीएले देशकै उत्कृष्ट १३ कलेजभित्र पर्दै राष्ट्रिय शिक्षा सम्मान प्राप्त गरेको थियो । पूर्वप्रधानमन्त्री झलनाथ खनालले एसपीएका क्याम्पस प्रमुख योगराज उपाध्यायलाई उक्त सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

लामो समयदेखि नेपालको शैक्षिक क्षेत्रमा पुर्याएको योगदान, भौतिक पूर्वाधार, दक्ष र अनुभवी अध्यापक, प्राध्यापकहरु, समयानुकुल प्रतिस्पर्धात्मक गुणस्तरीय शिक्षा र विगतको परीक्षाको नतिजालाई प्रमुख आधार बनाएर उक्त अवार्ड प्रदान गरेको हो ।

झण्डै ३५ सय विधार्थी अध्ययनरत् एसपीए सुदूरपश्चिमकै अग्रिणी शैक्षिक संस्था हो । एसपीएमा स्नातकोत्तर तहमा एमएड, एमबीएस, स्नातक तहमा बीए, बीबीएस, बीएड, बीएचएम, बीआईएम, एकवर्षे बीएड तथा प्लस टूमा विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी, कानुन, होटल म्यानेजमेन्ट, आमसञ्चार र पत्रकारिता विषयमा अध्ययन अध्यापन हुँदै आएको छ ।

No description available.

कलेजमा पूर्ण रुपमा मल्टिमिडियायुक्त कक्षाकोठाहरु छन् । सबै कोठामा सिसी टिभी क्यामेरा जडान गरिएका छन् । आधुनिक कम्प्युटर तथा विज्ञान प्रयोगशालामा विधार्थीहरुलाई प्रशिक्षित गराइन्छ । सुदूरपश्चिममा एकमात्रै आफ्नो होटल म्यानेजमेन्टको प्रयोगशाला भएको कलेज पनि एसपीएमात्रै हो । कलेजको आफ्नै बेकरी क्याफे सञ्चालनमा आउने तयारीमा समेत छ ।

टाढाबाट आउने विधार्थीका लागि कलेजले बसको व्यवस्था गर्नुका साथै होस्टेलको समेत व्यवस्था गरेको छ । विभिन्न १५ वटा क्लबहरु गठन गर्दै विधार्थीहरु अतिरिक्त क्रियाकलापमा सहभागिता जनाउँछन् । कलेजमा ८ जना अन्तर्राष्ट्रिय क्रिकेट खेलाडीमात्रै अध्ययन गरिरहेका छन् । त्यसबाहेक अन्य खेलका अन्तर्राष्ट्रिय खेलाडीका लागि पनि कलेजले छात्रवृत्तिको व्यवस्था गरेको छ ।

  • एसपीए
आइतबार, साउन ०८, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
भन्सार छलीका सामानसहित तीन जना पक्राउ
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १६ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.