बैतडी- संविधान दिवस २०८० को अवसरमा बैतडीमा खुल्ला डबल ब्याटमिन्टन प्रतियोगिता हुने भएको छ। दशरथचन्द नगरपालिकाको आयोजना र कर्मचारी मिलन केन्द्रको समन्वय र सहजीकरणमा असोज १ गतेदेखि ३ गतेसम्म प्रतियोगिता सञ्चालन हुने भएको हो।
प्रतियोगितामा प्रथम हुने जोडीले १५ हजार, द्वीतियले १० र तृतीयले ५ हजार पुरस्कार पाउने कर्मचारी मिलन केन्द्रका संरक्षक तथा प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए। सहभागी हुन चाहनेले भदौ ३१ गते बेलुका ५ बजेसम्म टोली गर्दा गराउनसक्ने जनाइएको छ। टिम दर्ता शुल्क एक हजार राखिएको छ।
प्रतियोगिता अन्तर्गतका खेलहरु जिल्ला प्रशासन कार्यालयमा रहेको जगन्नाथ ब्याडमिन्टन कोर्टमा सञ्चालन हुने कर्मचारी मिलन केन्द्र बैतडीले जनाएको छ।














