काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी रहेको कार्यक्रममा नाराबाजी गर्ने ३ जना पक्राउ परेका छन् ।
काठमाडौँको प्रज्ञा भवनमा आयोजित कार्यक्रममा ३ जना युवाहरूले प्रधानमन्त्रीकै अगाडि ‘एमसिसिको मतियार’ र ‘नागरिकता विद्येयक खारेज गर’ लगायतका नाराबाजी गरेका थिए ।
प्रधानमन्त्री देउवा भीमसेन थापा स्मृति पुरस्कार प्रदान समारोहमा सहभागी हुन प्रज्ञा भवन पुगेका हुन् ।













