• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

सुदूरपश्चिमको पर्यटन क्षेत्रमा क्रान्ति ल्याउँछु : मन्त्री धामी

  •   शनिबार, असोज १३, २०८० मा प्रकाशित

सुशासन, भ्रष्टाचार, कमिसन, ढिलासुस्तीको अन्त्य, पर्यटन क्षेत्रमा औद्योगिक क्रान्ति, वन, उद्योग, भू–क्षयमा देखिने गरी काम, जनताको जनजीविकासँग जोडिएको परम्परागत सीपमा आधारित उद्योगलाई प्रोत्साहन गर्दै जनतालाई प्रत्यक्ष उत्पादनसँग जोड्न भूमिका खेलेका सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन,वन तथा वातावरण मन्त्री रमेशसिंह धामीसँग निशाना न्युजले गरेको कुराकानीको सारसंक्षेप …
१. तपाई मन्त्री भएर यो मन्त्रालयमा आइसकेपछि के–के काम गर्नुभयो ?
मैले उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालयको शपथ ग्रहण गरेर कार्यभार समालेको २०८० जेठ ६ गते हो । यो अवसरमा म मेरो निर्वाचन क्षेत्रका मतदाता,सम्पूर्ण सुदूरपश्चिम बासी,पार्टीका नेतृत्वज्यूहरुलाई धन्यवाद दिन चाहन्छु । मैले मन्त्रालयको कार्यभार समाली सकेपछि मैले दोस्रो दिन मन्त्रालयका कर्मचारीको ब्रिफिङ सुन्ने काम गरे र केही महत्त्वपूर्ण निर्देशन पनि जारी गरे । त्यो निर्देशन अनुसार अहिलेसम्म आउँदा कार्यालयमा केही महत्त्वपूर्ण परिवर्तन आएको देखिरहेको छु । खास गरी सुशासनको पाटोमा मैले गम्भीरताका साथ विषयवस्तु राखेको थिए । सुशासन भित्र भ्रष्टाचार,कमिसन,ढिलासुस्तीका कुराहरू जो जनताले सबैतिर उठाइरहेका थिए यी विषयहरूमा शून्य सहनशलिताको नीति लिएर अगाडि बढ्नुपर्छ भनेर कर्मचारीहरूलाई निर्देशन गरेको छु । त्यसै गरी समृद्धिको पाटोमा मेरो मन्त्रालयबाट नीति तथा कार्यक्रम तय गर्ने सन्दर्भमा विगतका केही सकारात्मक कुराहरू र आफैले अहिले देखेका नभएका कुराहरू नीति तथा कार्यक्रम मार्फत अगाडि बढाए । बजेटमा पनि विगतमा भन्दा फरक अनुभूति हुने गरी बजेट व्यवस्थापन गर्न तिर म लागेको थिए । मेरो मन्त्रालयमा बजेट सबै जिल्लाहरूमा समानुपातिक हिसाबले वितरण गरेको छु ।समानुपातिक तरिकाले वितरण गरेको बजेट मन्त्रालय अन्तरगतका विभागहरूमा पनि एकदम समानुपातिक विनियोजन गरेको थिए । त्यति धेरै सकारात्मक टिका टिप्पणी बाहिर सुन्न नपाए पनि मैले गर्वकासाथ के भन्ने गरेको छु भने यो एउटा कोसेढुंगा थियो ।
२. तपाइको मन्त्रालय अन्तरगत उद्योग पनि छ त्यसको प्रवर्द्धनका लागि के गर्नुभयो ?
उद्योग तिर पनि मैले हिजोको जस्तो छर्ने होइन देखिने गरी बजेटको व्यवस्था गरेको छु । अहिलेसम्म जतिले सेवा सुविधा पाएका छन् उद्योगको सुविधा पाइसकेपछि आत्मनिर्भर बनेका सबैको सङ्ख्या मैले एकिन गर्न लगाएको छु । त्यसमा खास गरी प्रदेश भरी एक निर्वाचन क्षेत्र एक उद्योग परिवर्द्धन गर्ने,धेरै ठुलो उद्योग आफैले सञ्चालन गर्न नसक्ने स्थितिमा हामीले साना मझौला उद्योग, परम्परागत सीपमा आधारित,स्थानीय कच्चा पदार्थको प्रयोगका आधारमा,प्रत्येक जिल्लाको कच्चा पदार्थको सामर्थ्यलाई हेरर प्रमोट गर्नु पर्छ भनेर हामीले नीति बनाएका छौँ त्यो नीति अनुसार बजेट पनि छुटाइएको छ । दार्चुलामा अल्लो देखि लिएर डडेल्धुरामा ठेकी पारा,कञ्चनपुरमा बेतबास,विजयसालको उद्योगहरू,कैलाली कञ्चनपुरमा दुना टपरी उद्योग सञ्चालन गर्न बजेट व्यवस्थापन गर्न तिर लाग्यौँ । यसलाई कार्यान्वयनको चरणमा प्रवेश गर्दै जाँदा यसले एउटा खालको रिजल्ट दिन्छ जस्तो लाग्छ ।
३. पछिल्लो समय उद्योग बन्द हुने क्रम बढेको छ नि ?
यसमा उद्योग बन्द हुने भन्दा पनि खोल्ने रेसियो बढी नै छ । बन्दको जो तपाइले कुरा गर्नु भएको छ । बन्दमा कस्तो देखियो भने उद्योग दर्ता गर्ने अनुदानका लागि निवेदन दिने,पावर भिडाएर अनुदान खाने त्यसपछि उद्योग बन्द गरिदिने,अनुदान पाएन भने पनि उद्योग बन्द गरिदिने भएका कारण केही प्रतिशत उद्योग बन्द भएका हुन कि भन्ने मलाई लागेको छ । केही प्रतिशत चाहिँ उद्योग सञ्चालनका लागि आर्थिक समस्याका कारण बन्द भएको कहीँ देखिन्छ ।
४. पर्यटनको क्षेत्रमा केही नयाँ काम गर्नुभयो ?
पर्यटन ठुलो एउटा उद्योग नै हो भन्ने बुझाइ हामीले बनाएका छौँ । सुदूरपश्चिम पर्यटनको हब पनि हो । यसलाई व्यवस्थित ढङ्गले अगाडि बढाउनु पर्छ भनेर अहिले मुख्यमन्त्री एकीकृत पर्यटन पूर्वाधार कार्यक्रम पनि हामीले सिर्जना गरेका छौँ । यसमा खास गरी धार्मिक पर्यटन क्षेत्रको पनि एकीन गर्छौ । प्राकृतिक पर्यटन पवद्र्धनका,वन्यजन्तुका,ताल तलैयाका हिसाबले,चिसापानी,शुक्लाफाँटा,अपि शैपाल यसलाई प्रमोट गर्नुपर्छ भन्ने बुझाइ बनाएर त्यही प्रकारको बजेट व्यवस्थापन गरेका छौँ । यसलाई कार्यान्वयन गर्दै जाँदा सुदूरपश्चिममा मैले त के भनिरहेको छु भने पर्यटनमा क्रान्ति नै ल्याउँछु । भर्खरै हामी संघीयतामा गएका कारण नीतिगतरुपपमा अहिले पनि केही अस्पष्टता छन् । त्यसलाई हामीले सुव्यवस्थित गर्दै जाँदा खप्तड,अछामको रामारोशन,बाजुराको बडिमालिका,दार्चुलाको अपि हिमाल,बझाङको शैपाल,कञ्चनपुरको शुक्लाफाँटा,कैलालीको घोडाघोडी,टीकापुर क्षेत्र,डोटीको बडिकेदार,डडेल्धुराको परशुरामधाम,बैतडीको पताल भूमेश्वर गुफा,धार्मिक पर्यटकीय क्षेत्र पनि थुप्रै ठाउँमा छन् सबैलाई व्यवस्थित गर्दै जाने हो भने सुदूरपश्चिम पर्यटनको हब बन्ने निश्चित देखिन्छ । यसमा हामीले पर्यटन व्यवसायीसँग सरसल्लाह लिँदै छौँ । उहाँहरूको सल्लाह अनुसार अर्को आर्थिक वर्षको बजेटमा नीतिगत रूपमा एउटा कोरिडोर निर्माण गरेर पर्यटनको विकास गर्ने लक्ष्य लिएका छौँ ।
५. बनको क्षेत्रमा के गरिरहनु भएको छ ?
वनमा सङ्घ र प्रदेशको वन ऐनमा त्यति धेरै तारतम्यता मिलेको छैन । हाम्रो प्रदेशको वन ऐन संशोधन गर्नुपर्ने छ । संशोधनको प्रक्रियामा अगाडि बढेका छौँ । वैज्ञानिक वन खारेज भइसके पछि सामुदायिक,साझेदारी वनहरूको काठ दाउरा ३÷४ वर्षदेखि रोकिएको छ । त्यसलाई नयाँ कार्यविधि बनाएर अगाडि बढाउनु पर्छ । सुचारु गर्नु पर्छ जनताले पीडा भोगिरहेको छ,व्यवसायी समस्यामा छन्,राज्यको कर गुमिरहेको छ यी सबै कुराको व्यवस्थापन गर्न हामीले ध्यान दिएर अगाडि बढ्न खोजी रहेका र्छौँ ।
६. ढलापडा काठ कहिले उठ्छ त ?
मैले मन्त्रालयको जिम्मेवारी समाली सके पछि भए गरेका कामको जानकारी लिँदै गर्दा काठको विषयमा केही काम नभएको देखियो । त्यसपछि मैले सचिव ज्यूको नेतृत्वमा वन ऐन संशोधन समिति निर्माण गरेको थिए र त्यसले केही काम पूरा गरेको छ । केही काम बाँकी छ । मन्त्रालयमा नयाँ सचिव आउनु भएको छ उहाँसँग छलफल गर्न बाँकी छ । बन क्षेत्रमा अहिले सम्म जो काठ व्यवस्थापनमा समस्या देखिएको छ, यसको तुरुन्तै हल गर्ने कोसिस गर्छु । अरू पुरानो काठ,कार्यालयमा रहेका गाडीहरूको व्यवस्थापन तुरुन्तै गर्ने भनेर निर्देशन जारी गरेको छु । केही दिनमा यो समस्या समाधान हुन्छ । निर्माण सम्पन्न भएका बाटोहरूको रुख व्यवस्थापनको कुरा धेरै ठुलो चुनौतीका रूपमा रहेको छ । यसलाई हल गर्न खोजी रहेको छु । त्यस्तै विद्यालय,मुक्त कमैया शिविरका काठ दाउरा व्यवस्थापनमा पनि अहिलेसम्म जटिलता छ । त्यसलाई पनि फुकाएर अगाडि बढ्ने भन्ने कोसिस गरिरहेको छु । कर्मचारी अभावमा मन्त्रालयले सोचेजस्तो काम गर्न नसके पनि कर्मचारी व्यवस्थापन भयो भने द्रुत गतिमा अगाडि बढ्छौँ ।
७. वन अतिक्रमण रोक्न के कस्ता प्रयास गरिरहनु भएको छ ?
सुदूरपश्चिमका सेना,प्रहरी सबैको उपस्थितिमा मेरै अध्यक्षतामा बैठक बसेर वन अतिक्रमण नियन्त्रण भनेर महत्त्वपूर्ण पाँच बुँदे निर्णय पनि भएको छ । पुरानो अतिक्रमणको लेखाजोखा गर्ने,खोजी गर्ने,के कारण अतिक्रमण भयो,दैवी प्रकोपबाट पीडित मान्छेका कारण भएको या अन्त व्यवस्था हुँदा हुँदै राज्यको पहुँच नपुगेका कारण अतिक्रमण गरिएका हुन त्यो खोजी गर्ने भनेका छौँ । दोस्रो कुरा नयाँ अतिक्रमणमा सुन्यसहनशीलताको नीति लिएका छौँ । मेरो कार्यकालमा नयाँ अतिक्रमण अब हुँदैन । यो विषयमा मन्त्रालय मातहतका सबै कर्मचारीलाई कडा निर्देशन भएको छ ।

८. भर्खरै अपि हिमालमा पर्यटन दिवस मनाउनु भो यसले दिन खोजेको सन्देश के हो ?
भर्खरै अन्तर्राष्ट्रिय पर्यटन दिवस अपि हिमालको बेश क्याम्पमा मनाएका छौँ । यसले के सन्देश दिन खोजेको छ भने सुदूरपश्चिम पर्यटनको महत्त्वपूर्ण गन्तव्य बन्न सक्छ र आन्तरिक र बाह्य पर्यटनको गन्तव्य बन्न सक्छ । छिमेकमा ठुलो जनसङ्ख्या भएको देश भारत छ । त्यस देशका उत्तर प्रदेश,उत्तराखण्डको पर्यटकलाई मात्रै सुदूरपश्चिममा घुमाउन सक्ने हो भने पनि पर्यटनको ठुलो विकास गर्न सक्छौँ । पर्यटन क्षेत्रबाट आर्थिक आय आर्जन गर्न सक्छौँ भन्ने विश्वास लिएर मन्त्रालय अगाडि बढेको छ ।
९. अन्तमा केही छ कि ?
अन्तमा मैले के भन्न चाहन्छु भने सुशासन समृद्धि र सामाजिक न्याय सहितको समाजवाद हाम्रै पालामा हामीले गर्ने हो । हामीले यो व्यवस्था भित्र सुशासन कायम गर्न सकेनौँ,भ्रष्टाचार अन्त्य गर्न सकेनौँ,ढिलासुस्ती अन्त्य गर्न सकेनौँ भने कर्मचारी राजनीतिक नेतृत्व र जनाताको अन्तर सम्बन्धलाई जोड्न सकेनौँ,नङ र मासुको सम्बन्ध बनाउन सकेनौँ भने यो व्यवस्था भित्र धेरै ठुलो चुनौती आउन सक्छ । त्यस कारण जबसम्म सुशासन कायम गर्न सक्दैनौँ तबसम्म समृद्धि हुँदैन । समृद्धि जबसम्म हुँदैन तबसम्म सामाजिक न्यायसहितको समाजवाद आउँदैन । त्यस कारण यो कुरालाई मेरो मन्त्रालयको तर्फबाट मूल मन्त्र बनाएर अगाडि बढेको छु । यसमा सहयोग गर्न सम्पूर्ण सुदूरपश्चिम बासी र मन्त्रालयका कर्मचारीलाई सहयोग गर्न अपिल गर्छु ।

 

  • पर्यटन क्षेत्रमा क्रान्ति
शनिबार, असोज १३, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
यस्तो छ आजको मौसम पूर्वानुमान
सुदूरपश्चिम प्रदेश: बजेट शून्यतासँगै प्रदेश सभा पनि शून्य
बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय
कैलारी आधारभूत अस्पतालमा एक महिनामै १ हजार २ सय बिरामीले लिए सेवा

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.