कञ्चनपुर– लालझाडी गाउँपालिका ६ बाट प्रहरीले पाँच वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा किशोर पक्राउ परेका छन्।
ढक्का शिविरकी पाँच वर्षीया बालिका बलात्कारको आरोपमा प्रहरीले १५ वर्षीय किशोरलाई पक्राउ गरेको हो।
किशोरले ती बालिकालाई फकाएर आफ्नै घरमा लगेर बुधबार साँझ जबरजस्ती करणी गरेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ।
सोमबार पनि ५ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा वडा नं. २ कसुवाका ५५ वर्षीय रामदत्त राना पक्राउ परेका थिए।














