• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

कालसर्प शान्ति गर्ने साधारण उपाय, यी विधि अपनाउनुहोस्

  •   सोमबार, साउन १६, २०७९ मा प्रकाशित

रमानन्द जाेशी शास्त्री

पछिल्लो समयमा कालसर्प योगको चर्चापरिचर्चा खुब राम्रोसित भएको पाइन्छ । कालसर्प योग भएका जातकहरूको जीवनचर्यामा केही साझा विशेषताहरू पनि प्राप्त भएको देखिन्छ, जसका कारण आम मानिसहरू कालसर्प योगका कारण जीवन तनावग्रस्त पो भइहाल्छ कि भनी छिट्टै प्रभावित पनि भइहाल्छन् । कालसर्प योग भएका भनिएका जातकहरूमा देखिने साझा विशेषताहरू निम्नानुसार छन् भनी कतिपय ज्योतिषीले भनेको सुन्न पाइन्छ । काल सर्प शान्ति लागि साधारण उपाय :

कालसर्प दोष
सामान्य अर्थमा कालको अर्थ मृत्यु हो । शास्त्रमा सर्पलाई कालको पर्यायका रूपमा लिइएको पाइन्छ । काल स्वयं उत्पन्न भएको र यसलाई कसैले सृष्टि नगरेको पनि बताइन्छ । आदि, मध्य, अन्त्य र विनाशबाट रहित मानिन्छ काललाई । मनुष्यलगायत सम्पूर्ण चराचर प्राणीको मृत्यु कालका अधीनमा छ । काल सधैं गतिशील रहन्छ । यो कहिल्यै कसैका लागि पर्खँदैन । यसैले प्राणीलाई मृत्युका सम्मुख पुर्याउँछ । सर्पलाई पनि कालकै अङ्ग मानिएको छ । कालसर्प योग सम्भवतः समयको आन्तरिक गतिसँग जोडिएको त्यस्तो परिस्थिति हो, जसले व्यक्तिविशेषलाई मानसिक रूपले संवेदनशील बनाउँदछ र जीवनमा कतिपय ऊहापोहसँग ऊ गाँसिन पुग्छ ।

हामीले व्यवहारमा मान्दै आएका नवग्रहहरूमध्ये आकाशमा हेर्दा निश्चित खगोलीय पिण्ड नभएका दुईवटा ग्रह छन् । ती वास्तवमा ग्रह नै होइनन् । ती चन्द्रमा र सूर्यको परिभ्रमण पथमा काटिएका दुईवटा विन्दु हुन् । चन्द्रमा र सूर्यको परिभ्रमण पथको मिलनविन्दुमा दुईवटा छायाका धब्बा देखिन्छन् । ती छायाहरू एकआपसमा १८० डिग्रीको दूरीमा हुने गर्दछन् । त्यसैले पूर्वीय दर्शनमा आधारित ज्योतिषशास्त्रले राहु र केतुलाई छायाग्रह भन्ने गरेको पाइन्छ, जबकि अङ्ग्रेजीमा यिनलाई नोड (Node) भन्ने गरिन्छ ।

नक्षत्रविज्ञानका अनुसार राहुको नक्षत्र भरणी र केतुको नक्षत्र अश्लेषा मानिदैं आएको छ भने नक्षत्रपतिको गणना गर्दा भरणीको देवता यमराज वा काल र अश्लेषाको देवता सर्प मानिएको छ । त्यसैले नक्षत्रका अधिदेवताका नाममा राहुलाई काल र केतुलाई सर्पका रूपमा उल्लेख गरेर राहु र केतुको संयुक्त नामका रूपमा यी दुईलाई काल र सर्प वा कालसर्प पनि भन्ने गरेको पाइन्छ । पूर्वीय ज्योतिषशास्त्रमा राहु र केतुको प्रभावमा जन्मलिने जातकलाई दुःखी, क्रूर, निर्धन र परान्नमा आश्रित हुन्छन् भनी बताइएको छ ।

सामान्यतया अश्विनी, आर्द्रा, मघा, स्वाती, मूल र शतभिषा नक्षत्रमा जन्मिएका जातकको जन्मकालको महादशा केतु वा राहु ग्रहको अधीनमा हुने गर्दछ । त्यस्तै केन्द्रवर्ती राहु वा केतु अथवा आठौं घरमा रहेको राहु र केतुलाई पनि अनिष्ट नै मान्ने चलन छ । यस सन्दर्भमा एउटा श्लोक उदाहरणीय छ – विषयाः क्रूराः निःस्वान्नित्यं दुःखार्तिदाः सुदीनाश्च । परभक्षपाननिरताः सर्पप्रभवाः भवन्ति नराः ॥

अर्थात् सर्पयोगमा जन्म लिने व्यक्ति कुटिल, क्रूर, निर्धन, दीनदुःखी र परान्नमा निर्भर हुने गर्दछन् । योगका रूपमा कालसर्प योगको चर्चा ज्योतिषका आधिकारिक ग्रन्थहरूमा कतै पनि भेटिंदैन ।कालसर्प योग भएका जातकहरूको जीवनचर्यामा केही साझा विशेषताहरू पनि प्राप्त भएको देखिन्छ, जसका कारण आम मानिसहरू कालसर्प योगका कारण जीवन तनावग्रस्त पो भइहाल्छ कि भनी छिट्टै प्रभावित पनि भइहाल्छन् ।

कालसर्प योग भएका भनिएका जातकहरूमा देखिने साझा विशेषताहरू निम्नानुसार छन् भनी कतिपय ज्योतिषीले भनेको सुन्न पाइन्छ, जस्तै : –
घरमा मानसिक असन्तुष्टि, चिडचिडेपना र कलहको वातावरण हुनु । नधनागम र दैनिकी सञ्चालनका लागि व्यस्त जीवनचर्या कायम हुनु, कडा मिहिनेत र परिश्रम गरी धनार्जन गर्नुपर्ने र आएको धन दैनिकी र व्यवहारिक समस्यामा तुरुन्त खर्च भइहाल्ने परिस्थिति सिर्जना भइरहनु । परिवारका सदस्यहरू बढी महत्त्वाकाङ्क्षी हुनु, साैखिन जीवनचर्या कायम हुनु, एकै ठाउँमा भेला भएको बेला पनि काल्पनिक वा असम्भव कुराहरूमा तर्कवितर्क गरी रहनु, तर टाढा जाँदा वा दूरी बढ्दा एकअर्काप्रति प्रेमभाव प्रदर्शन गर्ने वा खोजीनीति गरी रहने । परिवारका सदस्यको उचित समयमा उचित काम वा उन्नतिप्रगति हुन नसक्नु (जस्तै विवाह, व्यवसायिक जीवन वा अन्य पेसा, रोजगारी, पठनपाठन आदिमा योग्यता, क्षमता वा वातावरण हुँदाहुँदै आकस्मिक रूपमा बाधाविघ्न आइलाग्नु)

सबै व्यवहार ठिकठाक हुँदाहुँदै पनि आकस्मिक र चिताउँदै नचिताएका कुनै अवाञ्छित घटना घट्नु र त्यस घटनाको जिम्मेबारीबो आफूलाई हुनु । पेसा, व्यवसाय, नोकरी वा बन्दव्यापारमा अचानक मन्दी आउनु । हुनै लागेका काम बन्न नसक्नु, कडा मिहिनेत र परिश्रमका साथमा काम सम्पन्न भए पनि विना अवरोध काम हुन नसक्नु । त्यसरी काम सम्पन्न गर्दा यस्ता बाधाविघ्न उपस्थित हुन पुग्छन् जुन कुरो उसले सम्झिएको पनि हुँदैन ।

घरपरिवारका सदस्य एकआपसमा विना उद्देश्य झगडामात्र गर्दछन्, वंश वा विशेष गरी छोरो नजन्मनु, वा उसको उन्नतिप्रगति अनेकानेक बाधाअवरोध सिर्जना हुनु । घरमा सुखको अनुभूति नहुनु, शून्यताको महसुस हुनु, परिवारका कुनै न कुनै सदस्यलाई कुनै न कुनै रोगको प्रकोप रही रहनु, गाइवस्तु वा पशुपन्छी अचानक मर्नु, रुखविरुवा अचानक सुक्नु ।

आफ्नो क्षमता वा योग्यताबमोजिमको काम नपाउनु, आफूभन्दा कम योग्यताको नजिकैको कुनै नातेदारले विनामिहिनेत र परिश्रम निकै धनार्जन गर्नु वा उन्नतिप्रगति हुनु, तर आफ्नो नभएकाले चिन्ताग्रस्त रहनु । प्रेमप्रसङ्गमा विफल हुनु, वैवाहिक जीवनमा किचलो आइरहनु ।

कसरी गर्ने शान्ति ?
१. कालसर्प दोषले पीडित व्यक्तिले कालसर्प दोष शान्तिको साथै महिनामा एक पल्ट शनिबारको दिन गौमुत्र छर्ने

२. प्रत्येक बुधबारको दिन सुतिको कालो वस्त्रमा एक मुठी मास दाल एक मुठी हरियो मुंगको गेडा पोको पारी माग्नेलाई दान दिने । १०८ राहु मन्त्र जप गर्ने ।

३. हरेक तन्त्र शास्त्र शिवको अधिन छ । खरानी, भस्म र नाग शिवको शृंगारको साधन हो । यसर्थ कालसर्प दोष पीडित व्यक्ति वा राहु र केतुको नक्षत्रमा जन्मेको व्यक्ति वा राहु र केतुको महादशा वा अन्र्तदशा भएको व्यक्तिले शिव स्तुति शिव चालिसा वा नाग गायत्री मन्त्रको पाठ गर्दा अनुकुल फल प्राप्ती हुन्छ ।

४. जसको शत्रु धेरै छन् वा शत्रुद्वारा प्रवाभित छन्, कार्यमा अधिक बाध आइरहन्छ भने त्यस्तो व्यक्तिले जोडी सर्प मन्त्र जप गर्दै नदीमा प्रवाहित गर्ने ।

५. श्रीमदभागवतको दशंम स्कन्धको षोडश अध्याय एक सय आठ पटक पाठ गर्दा कालसर्प दोष र पितृदोषको कुप्रभावबाट छुटकारा प्राप्त हुन्छ ।

६. कालसर्प दोष अथवा सर्पयोनीमा जन्मेका व्यक्तिले राहुकालमा शिव मन्दिरमा राहुको शान्ति उपाय गर्दा शिघ्र लाभ प्राप्त हुन्छ ।

७ नागपास यन्त्र वा नाग गायत्री यन्त्र आफ्नो नामबाट प्राण प्रतिष्ठा गरी वा गराई पुजा स्थानमा स्थापित गरी नवनाग स्तोत्र तथा नाग गायत्री मन्त्र १०८ पटक जप गर्दा कालसर्प दोष शान्त हुन्छ र समाप्त हुन्छ । कालसर्प दोष अथवा सर्पयोनीमा जन्मेका व्यक्तिले राहुकालमा शिव मन्दिरमा राहुको शान्ति उपाय गर्दा शिघ्र लाभ प्राप्त हुन्छ ।

७ नागपास यन्त्र वा नाग गायत्री यन्त्र आफ्नो नामबाट प्राण प्रतिष्ठा गरी वा गराई पुजा स्थानमा स्थापित गरी नवनाग स्तोत्र तथा नाग गायत्री मन्त्र १०८ पटक जप गर्दा कालसर्प दोष शान्त हुन्छ र समाप्त हुन्छ ।

८. प्रत्येक महिनाको पञ्चमी तिथीका दिन एक वर्षसम्म ब्रत गर्ने । साथै नागपास यन्त्रको सम्मुख प्रतिदिन नाग गायत्री मन्त्र १०८ पटक तथा पञ्चाक्षर मन्त्र १०८ पटक एक वर्षसम्म निरन्तर गर्दा यो दोषबाट पूर्ण मुक्ति पाइन्छ ।

९. राहुको तान्त्रिक मन्त्रको जप १८ हजार संख्या गरी वा गरायी दशांश मन्त्रद्वारा हवान गर्ने । मन्त्रः ॐ भ्रां भ्रीं भ्रों संः राहवे नम ।

१०. प्रतिदिन राहु कालमा एक मला राहु मन्त्र जप गर्दै नदी, फोहर नाली, तलाउमा प्रवाहित गर्ने ।

११. प्रतिदिन कुनै पनि शिव मन्दिरमा चन्दन र इत्र शिवलाई चडाई पञ्चाक्षर मन्त्र १०८ पटक जप गर्ने ।

१२. नमासिक नाग पञ्चमीमा पञ्चामृतको रुद्राभिषेक शिव मन्दिरमा एक वर्षसम्म गर्ने ।

१३. चन्दनको काठको माला सात मनका भएको बुधबार, शुक्रबार वा शनिबार स्नान आदि गरी राहु कालमा महादेवलाई चडाउँने ।

१४. पलांसको फुललाई गौमुत्रमा कुटेर घाममा सुकाई त्यसको चुर्ण बनाई प्रत्येक बुधबार आफुले स्नान गर्दा प्रयोग गर्दा कालसर्प दोषको प्रभाव बिस्तारै बिस्तारै समाप्त हुन्छ । बुधवार बुधवार ७२ पटक यो स्नान गर्नु ।

१५. शनिबारको दिन आफ्नो वजन बराबर कोइला तौल गरी जहाँ भण्डारा वा गरिबको लागि नि:शुल्क भोजन बन्ने स्थानमा दान गर्दा यस दोषबाट मुक्ति मिल्छ ।

१६. यस्तो शिवलिंङ जहाँ सर्प छैन त्यस लिङमा तामा र चाँदीको सर्प निर्माण गरी पूर्ण बिधिवत पुजा प्राण प्रतिष्ठा गरी सोमबार प्रदोष वा सोमप्रदोषको दिन चडाई स्थापित गर्दा काल सर्प दोषबाट पूर्ण मुक्ति निश्चित मिल्छ । यदि जन्म कुण्डलीमा कालसर्प दोषको साथसाथै चन्द्र राहु, सुर्य राहु, केतु चन्द्र र केतु सुर्य भए लहसुनियाको औठीमध्ये औलामा धारण गर्दा यस योगबाट रक्षा हुन्छ ।

१७. घर कार्यालय फैक्टरी तथा खल्ती पर्समा अभिमन्त्रित मयुरको प्वाँख राख्दा राहु केतु शान्त हुन्छ ।

१८. बटुक भैरबको मन्त्र सवा लाख गर्ने वा गराउने र जपपछि हवन अनुष्ठान गर्दा कालसर्प दोष पूर्ण रुपमा समाप्त हुन्छ ।

१९. महामृत्युञ्जय मन्त्रको सवा लाख जप गरी गराई दशांश हवन गर्दा कालसर्प दोष दरिद्रता अभाव समाप्त भई जीवनमा सुख समृद्धि प्राप्त हुन्छ ।

२०. प्रत्येक शनिबार घोडालाई गुण र चना खान दिने । घोडाको खुट्टामा नाल ठोक्ने वा ठोक्न लाउँदा यस योगबाट मुक्ति मिल्छ ।

२१. सात शनिबार वा सात मंगलबार राहु तथा केतुको तान्त्रिक मन्त्रले हवन गर्दा यो दोष समाप्त हुन्छ ।

२२. जो ब्राहमण कालसर्प दोषबाट पीडित छन् तिनले सिखा टुपी अवश्य राख्नु पर्छ, राहुको कुप्रभाव कम हुन्छ । टुपीमा गाँठो पार्दा कालसर्प दोष पूर्ण समाप्त हुन्छ ।

कालसर्पयोग शान्तिकर्म गर्दा के-के गर्नुपर्दछ ?
१. अग्निस्थापना गर्नुपर्दछ ।

२. रुद्री महामृत्युञ्जय पूजा विधिले न्यास-पूजादि गरी षडङ्गरुद्री पाठ गर्ने ।

३. महामृत्युञ्जय जप गर्ने- १०००० दशांश हवन गर्ने ।

४. अघोर मंत्र जप गर्ने- १०००० दशांश हवन गर्ने ।

५. नवनाग मंत्र जप गर्ने १००० दशांश हवन गर्ने ।

६. मनसादेवी मंत्र जप गर्ने १००० दशांश हवन गर्ने ।

७.नवग्रह मंत्र जप गर्ने प्रत्येक ग्रहको १०८ र दशांश हवन गर्ने ।

८. राहू केतु मंत्र जप गर्ने- १०००+१००० दशांश हवन गर्ने ।

कालसर्पयोग शान्तिकर्म गर्दा चाहिने मुख्य सामग्री
१. महामृत्युञ्जको तामामय प्रतिमा (मूर्ति) – पीतवस्त्र, आभूषण आदि ।

२. नवनागको एउटा त्रिफणायुक्त चादी मूर्ति (१) पीत वस्त्रादि, सिन्दूर आदि ।

३. नवनागका अन्य आठमध्ये सके चाँदीका, नत्र ताँवाका (८) प्रतिमा बनाउने ।

४. मनसादेवीलाई वस्त्र श्रृंगारको सामान । प्रतिमा चाँदी अथवा तामाको १।

५. राहू केतुलाई वस्त्र आभूषण आदि प्रतिमा स्वर्णको १+१ ब्राह्मण वरण-धोती, कुर्ता, गंजी, टोपी गम्छा जनै, सुपारी, द्रव्य फल आदि ।

७. ब्राह्मण संख्या ५ जना ।

८, कलश र थाली ४+४ तामाका (मूल कलशबाहेक)

  • कालसर्प
सोमबार, साउन १६, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
विपद्पछिको स्वास्थ्य संकट : संक्रमण, पोषण र मानसिक स्वास्थ्यदेखि पुनःस्थापनासम्म
एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.