• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १५ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

देउवाको ज्योतिषीको सल्लाह : चुनावका लागि ४ मंसिर उत्तम

  •   मङ्गलबार, साउन १७, २०७९ मा प्रकाशित

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवालाई उनका ज्योतिषी सुरेशचन्द्र रिजालले संघीय तथा प्रदेशसभा निर्वाचनका लागि मंसिर ४ को मिति उपयुक्त हुने सुझाव दिएका छन् ।मंसिर पहिलो साता निर्वाचनको लागि उपयुक्त रहेको रिजालले अनलाइनखबरलाई बताए ।

‘मंसिर १० पछि शुक्लपक्षको समय छ । त्यो बेला निर्वाचन गर्दा थोरै समस्या होला’, उनले भने, ‘मैले भनेकै दिन निर्वाचन हुन्छ नै भन्ने त होइन । मंसिरको पहिलो साता उपयुक्त छ । त्यसमा मंसिर ४ सबैभन्दा उत्तम दिन हुन्छ ।’ मंसिर ४ एकादशी र दुई पुष्कर योगको दिन परेकाले सर्वाधिक राम्रो दिन रहेको रिजाल बताउँछन् । पुष्कर योग भएको दिनमा गरिएको कार्यले संयुक्त सरकारका दलहरुलाई बढी लाभ मिल्ने उनको भनाइ छ ।

‘अहिले दुई भन्दा बढी दल मिलेर नै सरकार चलाउने योग हो । गठबन्धन अघि बढाउन दुई पुष्कर योग भएको दिनमा निर्वाचन गर्नु राम्रो हुन्छ’, रिजालले भने । त्यसपछिका अन्य शुभ दिनमा मंसिर ८ र १० गते रहेको उनको भनाइ छ । असार २२ मा निर्वाचन आयोगको टोलीले प्रधानमन्त्री देउवालाई मंसिर २ गते निर्वाचन गर्न परामर्श दिएको थियो । सोही छलफलमा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेले मंसिर ४ गते आइतबार मतदानका लागि उपयुक्त हुने धारणा राखेका थिए ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार उनले प्रधानमन्त्रीको ज्योतिषीको सुझाव अनुसार नै मंसिर ४ गते निर्वाचनको प्रस्ताव गरेका हुन् । आयोगका पदाधिकारीसँगको छलफल अघि प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाँणसहित आफू निकट नेताहरुसँग छलफल गरिसकेका थिए । त्यस क्रममा निर्वाचनको साइतको विषयमा पनि छलफल भएको स्रोतको दावी छ ।

आयोगका पदाधिकारीसँगको छलफलका क्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गृह सचिवकै धारणामा सहमति जनाएका थिए । मंसिर २ शुक्रबार मुस्लिम समुदायको नमाज पढ्ने दिन हुनाले दुई दिन पछि सार्न उपयुक्त हुने उनीहरुको सुझाव थियो । प्रधानमन्त्री देउवाले पनि मिति घोषणाका क्रममा एक÷दुई दिन यताउता भए अन्यथा नलिन आयोगका पदाधिकारीलाई आग्रह गरेका थिए ।

निर्वाचनको मिति घोषणा गर्न ढिलाई गर्नुमा प्रधानमन्त्री पत्नी आरजु राणा उपचारका क्रममा भारत रहनु तथा अर्थमन्त्रीको पुनर्बहालीलाई पर्खनु पनि कारण रहेको स्रोतको दाबी छ । आइतबार आरजु स्वदेश फर्केकी छन् भने जनार्दन शर्माले अर्थमन्त्रीमा पदबहाली पनि सोही दिन गरेका छन् । सरकारले सोमबार निर्वाचन मिति तोक्ने अपेक्षा गरिएको थियो । तर, मन्त्रिपरिषद्को नियमित बैठक बसेन । अब बस्ने मन्त्रिपरिषद्को बैठकले निर्वाचनको मिति तोक्ने प्रधानमन्त्री निकट स्रोतको भनाइ छ ।

प्रधानमन्त्री देउवाका विश्वासपात्र तथा नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले प्रेस युनियनको कार्यक्रममा बोल्दा मंसिर ४ निर्वाचन हुने बताइसकेका छन् ।प्रधानमन्त्री देउवाले विगतमा पनि महत्वपूर्ण निर्णय रिजाललाई शुभ साइत हेराएर लिने गरेका छन् । २०७४ कात्तिक ३० गते धनगढीमा पत्रकारहरुसँगको कुराकानीमा देउवाले ज्योतिषीले ७ पटक प्रधानमन्त्री हुने बताएको उल्लेख गरेका थिए ।

देउवाले प्रधानमन्त्रीको शपथ, प्रधानमन्त्रीको निवासमा सर्ने तथा विश्वासको मत लिने दिन र समय पनि ज्योतिषी रिजालले साइत हेरेर तय गरेका थिए । २०७८ को असार २९ मा शपथ लिन रिजालले अपरान्ह ३ ः ३७ देखि ५ः१७ को समय उत्तम रहेको सुझाव दिएका थिए ।ज्योतिषी तथा वास्तुविद् रिजाल यो गठबन्धन २०८१ सालसम्म रहने दावी गरेका छन् ।

  • चुनाव
मङ्गलबार, साउन १७, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
भन्सार छलीका सामानसहित तीन जना पक्राउ
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १५ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.