काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा ८१४ जनामा कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार‚ पाँच हजार ४१५ नमूना परीक्षण गर्दा ८१४ मा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको हो।
अघिल्लो दिन ८९५ जना नयाँ सङ्क्रमित थपिएका थिए। आज थपिएको सङ्ख्यासँगै सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार १४४ पुगेको छ। आज दुई ७६२ को पीसीआर परीक्षण गर्दा ५०९ जना र दुई ६५३ को एन्टिजेन परीक्षण गर्दा ३०५ जनामा सङ्क्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा २९९ जना सङ्क्रमणमुक्त भएका छन्। सो अवधिमा कुनै सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।













