• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ४. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

गुणस्तरीय शिक्षा दिएर सुदूरभरी चिनाउन सफल भएका छौँ : प्राचार्य पण्डित

  •   आइतबार, मङि्सर १७, २०८० मा प्रकाशित

कैलालीको धनगढी उपमहानगरपालिका–५ मा अवस्थित ग्यालेक्सी माध्यमिक विद्यालय वि.सं.२०५० सालमा स्थापना भएको हो ।पछिल्लो समय गुणस्तरीय शिक्षासँगै प्रयोगात्मक शिक्षालाई पनि जोड दिँदै आएको स्कुलले सुदूरपश्चिममा अब्बल विद्यार्थी उत्पादन गर्न सफल भएको छ । यो विद्यालय यस वर्ष एसइई परीक्षामा शतप्रतिशत उत्तीर्ण र १२ कक्षामा ९२ प्रतिशत उत्तीर्ण गर्न सफल भएको हो । यस विद्यालयले प्लसटुमा विज्ञान र व्यवस्थापन संकायको पढाई गर्दै आएको छ । यस वर्ष एसइई परीक्षामा ४ जिपिए ल्याएर सुपकै प्रथम विद्यालय हुन सफल भएको थियो ।आगामी दिनमा गुणस्तरीय र प्रयोगात्मक शिक्षण विधिलाई कसरी अगाडि बढाउँदै छ भन्ने विषयमा स्कुलका प्राचार्य छत्रराज पण्डितसँग निशाना न्युजले गरेको कुराकानीको सारसंक्षेप…

ग्यालेक्सीको समग्र शैक्षिक अवस्था कस्तो छ ?
पहिलेदेखि नै ग्यालेक्सीको उत्कृष्ट नतिजा थियो नै । पछिल्लो समयमा आएर एसइई मा पनि उत्तीर्ण दर राम्रो छ । कक्षा ११ र १२ मा २०७४ सालपछि हाम्रो विद्यालयले राम्रो नतिजा ल्याउँदै आएको छ । २०७६ सालमा कक्षा ११ मा ३ दशमलव ८१ र १२ कक्षामा ४ जिपिए ल्याएर सुदूरपश्चिम प्रथम पनि भएका हुन् । यो वर्ष कक्षा १२ बाट पास भएका विद्यार्थीहरू मध्ये सुशान्त मडैले पहिलो वर्षमा नै एविविएसको फ्रि छात्र वृत्तिमा ६५ औँ नम्बरमा नाम निकाल्न सफल भए । इन्जिनियरिङको इन्ट्रान्स परीक्षामा यो वर्ष हाम्रो विद्यालयबाट १० जना विद्यार्थीले छात्र वृत्तिमा नाम निकाल्न सफल भएका छन् । यसबाट के देखिन्छ की विद्यालयले नतिजालाई सुधार गर्दै उत्कृष्ट नतिजा ल्याउँदै गरेको हामीले अनुभव पनि गरेका छौँ । त्यस्तै विभिन्न एप्रोजहरु प्रयोग गर्दै कसरी राम्रो गर्न सकिन्छ भनेर हामीहरू सधैभरी सिरियस भएर लागेका पनि छौँ ।

गुणस्तरीय शिक्षा सँगै प्रयोगात्मक शिक्षण विधिलाई कसरी अवलम्बन गर्नुभएको छ?
विद्यालयको आफ्नै विज्ञान प्रयोगशाला पनि छ । कक्षा ११ र १२ मा विज्ञान पढाइ हुने भएकोले हामीसँग सबै आवश्यक पर्ने सामाग्रीहरू छन् । विद्यार्थीहरूलाई चाहिने जति पनि सुविधाहरू हुन्छ,प्रयोगशाला,व्यवहारिक ज्ञान दिने क्रममा हामी ती सबै उपयोग गर्छौँ ।
र सँगसँगै पाठ्यक्रममा भएका धार्मिक सांस्कृतिक जो ज्ञानहरू हुन्छ हामी त्यही ठाउँमा गएर बच्चाहरूलाई देखाउने फिल्ड भिजिट गर्ने पनि गर्छौँ । हामीले यो वर्ष हाम्रो धनगढीमा भएको शिवपुरी धामको बारेमा अध्यापन गराउँदा त्यही लगेर अध्यापन गराएका थियौँ भने हाम्रो धनगढीको कक्षा ८ मा भएको बेहडाबाबाको बारेमा पढाउँदा खेरी त्यही गएर त्यहाँको पुजारी,अध्यक्षहरूबाट त्यहाँको बारेमा ऐतिहासिक,सांस्कृतिक पृष्ठभूमिका बारेमा सिकाएका थियौँ । सबै त्यसरी नै सिकाउने गरेका छौँ । यसरी सकेसम्म बच्चाहरूले आफ्नो इनो ट्यालेन्ट इंक्रिज गरोस् भन्ने पेडा गोजी प्रयोग गछौँ ।

पछिल्लो समय प्राइभेट स्कुलले गुणस्तरीय शिक्षा विकास गर्न सकेन भन्ने छ नि ?
गुणस्तरीय शिक्षाको मापन गर्ने स्पेशल त्यस्तो मापन यन्त्र नभए पनि हामीबाट पास भएका बच्चाहरूको भविष्यमा उनीहरूको प्लेसमेन्ट राम्रो भएको छ । धेरै जसो हामी कहाँबाट पढेका बच्चाहरू इन्जिनियर भएका छन्,कतिपय आइटी सेक्टरमा पनि छन्,कतिपय बच्चाहरू सिए पनि पास भइसकेका छन् । कतिपय एमविविएस गरेर हस्पिटलहरूमा पनि काम गरिराखेको जो प्रोडक्टहरु देखिन्छ यसले के देखाउँछ भने पास मात्र हुने हैन कि उनीहरूको जीवनको गोल एचिभमेन्टमा हामीले सहयोग गरेका छौँ जस्तो पनि लाग्छ । जो यहाँबाट पास भएका विद्यार्थीहरू विभिन्न क्षेत्रमा व्यवसाय गरिरहेका छन् । विभिन्न रोजगारमा संलग्न भएका छन् । यसबाट हामीले दिने शिक्षा गुणस्तरीय छ भन्ने हामीलाई लाग्दछ ।
ग्यालेक्सीलाई सुपकै नमुना बनाउन केही गृहकार्य गर्नु भएको छ ?
हामी ११ जनाको टिम सबै एकेडेमिक सेक्टर मै छौँ । हामीहरू यो फिल्डमा आउनु भन्दा अगाडि एउटा उद्देश्य के थियो भने सुदूरपश्चिममा भएका विद्यार्थीहरूले राम्रो अध्ययन अध्यापन पाउन किन टाढा जाने घर किन छोड्ने भन्ने हिसाबमा उहाँहरूलाई चाहिँ यही आफ्नो ठाउँमा नजिकै आफ्ना आमाबुवाको निगरानीमा बसेर नै उत्कृष्ट शिक्षा हासिल गरुन् भन्ने सोचका साथ हामी यो शिक्षा क्षेत्रमा संलग्न भएका पनि हौँ । यस क्रममा हामीले जाने जति,सकेसम्म आफ्नो क्षमताले भ्याएसम्म राम्रो गर्न खोजिरहेका छौँ । यो भौतिक संरचनालाई पनि अपडेट गर्दै जाने र त्यसपछि गएर शिक्षण विधिमा बढी ध्यान केन्द्रित गर्दछौँ । सकेसम्म शिक्षकहरूलाई तालिम दिने,पढाउँदा खेरी विद्यार्थी केन्द्रित एप्रोजहरु प्रयोग गर्ने,कक्षामा छिर्नुभन्दा अगाडि कक्षामा पढाउनु पर्ने जति पनि लेसनहरु हुन्छ अलरेडि तयारी गरेर पाठ योजनाका साथ शिक्षकहरू जानुहुन्छ । विद्यार्थीहरूको कसिएर काउन्सिेलिङका लागि एउटा काउन्सेलर पनि राखेका छौँ । किनभने कतिपय बच्चाहरूको सामाजिक सांस्कृतिक समस्या भएका कारण पनि उहाँहरूको आउट पुट राम्रो नआएको देखेका छौँ । त्यसैले गुणस्तरीय शिक्षाको साथसाथै आफ्नै स्थानीय ठाउँमा ग्लोबल माइन्ड क्रेट गर्ने भन्ने हाम्रो उद्देश्य हो । बिस्तारै बिस्तारै हामी त्यो क्रममा छौँ । आउने वर्ष शिक्षण विधिलाई अझ एड्भान्स गर्नको लागि क्लास नै अडियो भिज्युअल स्टिममा लैजाने तयारीमा छौँ । मोडर्न साइन्टिफिक टुल्सहरु प्रयोग गरेर शिक्षण गर्नेमा हाम्रोमा काम हुँदैछ । फागुनसम्ममा क्लासलाई एड्भान्स गरी सक्ने हाम्रो योजना छ ।

अन्त्यमा अभिभावकहरूलाई केही भन्न चाहनु हुन्छ ?
शिक्षा लिने र दिने भन्ने कुरा विद्यालयले मात्रै गर्न नसक्ने र विद्यार्थीको कारणले मात्रै हुन नसक्ने भएका कारणले अभिभावकहरूको एकदमै गहन भूमिका हुने गर्दछ । हाम्रो यो स्थानीय स्तरमा यो कुराको ल्याकिङ भएको अभिभावकहरूलाई,अभिभावक केहो ? हामीले कस्तो अभिभावकत्व दिनुपर्छ रु आमाबुबाको जिम्मेवारी केके हुन्छ रु यो कुराको त्यति धेरै ज्ञान नभएको र बच्चाहरूलाई स्कुल पठाइदिने फी तिरिदिने यति भएपछि हाम्रो जिम्मेवारी पूरा भयो भन्ने छ । तर अभिभावकको प्रोपर गाइडेन्स नभएका कारण अहिलेको युवा,किशोरावस्थामा धेरै उत्श्रीङ्खलता हुने,सानो बच्चाहरूमा डिप्रेसन पनि देखिने एन्जाटीको पनि समस्या छ । त्यसैले अभिभावकहरूले आफ्नो बच्चालाई कम्तीमा बिहान साँझ गरेर एक घण्टा जति समय दिएर उसको बारेमा पढाइका बारेमा बुझ्ने,उसको कस्तो साथीको संगत छ बुझ्ने काम गर्नुपर्ने हुन्छ । सँगसँगै विद्यालयमा आफ्नो बावुनानीको बारेमा शिक्षकसँग कन्सर्ट गर्नु भयो भने विद्यालयमा उसको बारेमा के छ ? भनेर बुझेर विद्यालय र आफूले पनि मिलेर एउटा राम्रो नागरिक तयार गर्न सक्छौँ भन्ने लाग्छ । अभिभावकले अलिकति ध्यान दिनु भयो भने अहिलेको जुन परिस्थिति छ ड्रग्सहरुको समस्या छ यो सबैबाट आफ्नो बच्चालाई जोगाएर राम्रो नागरिक तयार गर्न सकिन्छ भन्ने लाग्छ ।

  • गुणस्तरीय शिक्षा
आइतबार, मङि्सर १७, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
यस्तो छ आजको मौसम पूर्वानुमान
सुदूरपश्चिम प्रदेश: बजेट शून्यतासँगै प्रदेश सभा पनि शून्य
बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय
कैलारी आधारभूत अस्पतालमा एक महिनामै १ हजार २ सय बिरामीले लिए सेवा

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ४.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.