धनगढी- सरकारले संघ र प्रदेशको निर्वाचन एकै चरणमा घोषणा गरेसँगै म्यादी प्रहरीको भर्ना खुलाउने तयारी गरेको छ । प्रहरी प्रवक्ता टेकप्रसाद राईले म्यादी प्रहरी भर्नाका लागि प्रकृया अघि बढाइने बताए ।
चुनावको थ्रेटको मुल्याकंन गर्दै केन्द्रिकृत सुरक्षा योजना बनाएर अघि बढ्ने उनले बताए । यसअघि स्थानीय तहको चुनावमा १ लाख १९ हजार म्यादी प्रहरी भर्ना भएका थिए । संघ र प्रदेशको निर्वाचन आगामी ४ मंसिरमा हुने भएको छ ।













