धनगढी- सुदूरपश्चिम महोत्सवको सातौँ दिन चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने भएको छ । आज कार्यक्रममा चर्चित गायक रमेश राज भट्टराई, गायक चक्र बम र मोडल झरना बोहरा आउने भएका छन् । त्यसैगरी स्थानीय कलाकारहरूको समेत विशेष प्रस्तुति रहने छ ।
मंसिर २२ गते बाट सुरु भएको महोत्सव पुष २ गतेसम्म चल्ने छ । यस वर्षको महोत्सवमा थारु गाउँ ,फोटो प्रदर्शनी , स्थानीय परिकार,कला संस्कृति मुख्य आकर्षण रहेका छन् । महोत्सवको टिकट मोबाइल वालेट खल्तीबाट किन्न सकिने आयोजकले जनाएको छ ।
महोत्सव भित्र रहेको खल्तीको स्टलबाट खल्तीको प्रोमो कोड लगेर टिकट काट्दा हरेक टिकटमा २५ रुपियाँ क्यास ब्याक पाइने बताइएको छ । साधारणलाई रु १०० र विद्यार्थीलाई रु ५० टिकट निर्धारण गरिएको छ ।













