कैलाली- कैलालीका चार ठाँउबाट भन्सार छलीका सामान बरामद गरिएको छ। जिल्लाको बिभिन्न स्थान, धनगढी उपमहानगरपालिका–१ शान्तिनगर, धनगढी उपमहानगरपालिका–३ को मिलनचोक र बिशालनगरबाट तथा कैलारी गाउँपालिका–३ को निमुवाबोझीबाट अबैंध रुपमा भारतबाट भन्सार छलिगरि ल्याएका सामान बरामद गरिएको हो।
३८ हजार एक सय मूल्य बराबरको चिनी, मिठाई, बदाम, प्लाष्टिक, सोडा, बोईलर कुखुरा लगायतका सामान शुक्रवार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।













