धनगढी- सुदूरपश्चिम महोत्सवमा आज दर्शकको घुइँचो भएको छ । आज दिउँसो मात्र एक लाख बढीले महोत्सव अवलोकन गरेका छन् ।महोत्सवको नवौँ दिन आज एक लाखले अवलोकन गरेका हुन् ।
आज सबैभन्दा बढीले महोत्सव अवलोकन गरेको कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुस्पराज कुँवरले बताए । आज बिदाको दिन भएकाले महोत्सव अवलोकन गर्नको भिड बढेको उनले बताए ।महोत्सवलाई केही दिन अझै थप गर्न विषयमा छलफल भइरहेको उनले बताए ।
महोत्सवमा भिड बढेको हुँदा आयोजकलाई ब्यवस्थापन गर्न हम्मेहम्मे भएको छ । मंसिर २२ गतेदेखि सुरू भएको महोत्सव पुस २ गतेसम्म चल्ने छ ।













