धनगढी- सुदूरपश्चिम महोत्सवको एघारौँ दिन चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने भएको छ। आज (सोमवार) को कार्यक्रममा कलाकारहरू रवि ओड र एन्जीला रेग्मी आउने भएका छन् ।
त्यसैगरी स्थानीय कलाकारहरूको समेत विशेष प्रस्तुति रहने छ। यस वर्षको महोत्सवमा थारु गाउँ, फोटो प्रदर्शनी, स्थानीय परिकार, कला संस्कृति मुख्य आकर्षण रहेका छन्। महोत्सवको टिकट मोबाइल वालेट खल्तीबाट किन्न सकिने आयोजकले जनाएको छ।
महोत्सव भित्र रहेको खल्तीको स्टलबाट खल्तीको प्रोमो कोड लगेर टिकट काट्दा हरेक टिकटमा २५ रुपियाँ क्यास ब्याक पाइने बताइएको छ । साधारणलाई रु १०० र विद्यार्थीलाई रु ५० टिकट निर्धारण गरिएको छ । मंसिर २२ गते बाट सुरु भएको महोत्सव तीन दिन थप गरेर पुष ५ गतेसम्म सञ्चालन हुने भएको छ ।













