• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २३ घण्टा 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २४ घण्टा 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

स्वास्थ्य,शिक्षा,कृषिमा जोड दिँदै थारु संस्कृति संरक्षणमा जोड दिएका छौँ : वडाध्यक्ष रन्जित

  •   बुधबार, पुष ०४, २०८० मा प्रकाशित

बर्दगोरिया गाउँपालिका वडा नं. ६ मा कृर्षि क्षेत्रलाई महत्व दिएको छ । कृषकका समस्या समाधानदेखि सहुलियतमा मलखाद्यको व्यवस्था हुँदै आएको छ । स्वास्थ्य,शिक्षा, सडकलगायतका क्षेत्रमा काम तीब्र गतिमा अघि बढेको छ । समाजमा हुने गरेका समस्या समाधानदेखि थारु संस्कृति संरक्षण,प्रवद्र्धनमा अग्रसर भई लागेका वडा अध्यक्ष रामकृष्ण डगौरा थारु (रन्जित)सँग वडाको समसामयिक बिषयमा निशाना न्युजले गरेको कुराकानी प्रस्तुत गरेका छौँ ।

तपाई दोस्रो कार्यकालमा हुनुहुन्छ पहिलो कार्यकालमा वडाको विकासका लागि के–कस्ता काम गर्नुभयो ?

विशेष गरी २०७४ साल असार १४ गतेको पहिलो स्थानीय तहको निर्वाचनमा पनि मलाई जनताले अत्याधिक मतले चुनेका थिए । त्यति बेलाको पाँच वर्षको कार्यकालमा पनि मैले यो ठाउँमा थुपै सामाजिक कामदेखि लिएर बाटोघाटो स्वास्थ्य चौकी, खानेपानी ,सार्वजनिक शौचालय निर्माण,महिला वालबालिकाको हक हितका लागि थुपै काम गरेको थिए ।
लक्षीत वर्गका कार्यक्रमदेखि लिएर किसानका हितका लागि पनि काम गरेको थिए । पाँच वर्षसम्म राम्रैकाम गरेको भएर होला मलाई मेरो पार्टीले पनि टिकट दियो र २०७९ बैशाख ३० गते भएको निर्वाचनमा पनि जितेर यो दोस्रो कार्यकालको रुपमा म काम गरिरहेको छु ।

अहिले के–कस्ता काम गरिराख्नु भएको छ ?

पहिलो कार्यकालमा जुन अँधुरा कामहरु सामाजिक भवन निर्माण,क्लवहरुका भवन निर्माण,शहिदहरुका नाममा बनेका प्रतिक्षालय,सकुलका कच्ची भवन पक्की बनाउने यी कामहरुलाई पूरा गर्न तिर लागेको छु । यो वडामा ४ वटा प्राविधिक धारका सामुदायिक विद्यालय रहेका छन् । त्यसमध्ये उत्कृष्ट सफल विद्यालयलाई नमुनाको रुपमा बनाइ सकेका छौँ । माध्यमिक विद्यालय प्राविधिक धारको सञ्चलन भइरहेको छ । भने आधारभूत विद्यालयमा कम्पाउण्ड,खानेपानी,शौचालय निर्माणलगायतका कामहरु गरेका छौँ ।
त्यसैगरी बर्थिङ सेन्टर एक तले थियो त्यसमा तला थपेर दुई तले बनाएका छौँ । कार्यालय संरचना निर्माण,हाटबजार,पशु कृषिशाखा,बर्थिङ सेन्टर यसै कार्यालय परिसरका सञ्चालन गरेका छौँ ।

खानेपानीका लागि यसै आवमा खानेपानीको ओभर ट्यांकी निर्माण गर्ने गरी काम थालनी भएको छ । पाइपलाईन विस्तारका लागि ६ किलोमिटर पाइपलाइन विस्तार गरेका छौँ । यसै आवमा गाउँसभाले विनियोति गरेको वजेटबाट पहिलो चरणमा यसै वडा नं. ६मा नै पानी पिचको काम अगाडि बढेको छ । त्यस्तै धनजनको क्षति गरिराखेको काँडा नदीमा पनि तटबन्धनको काम सुरुवात गरेका छौँ ।
त्यस्तै टोलटोलमा महिला संजाल,युवा संगठित गरेर सांस्कृतिक प्रबद्धनका कार्यक्रम पनि सञ्चालन गरिरहेका छौँ । स्वरोजगार मार्फत रोजगारी सिर्जना गर्ने कामलाई पनि अगाडि बढाएका छौँ । २०८०÷८१ का कार्यक्रमहरु अझैँ बाकी नै छन् । संघीय,प्रदेश सरकारको साझेदारीमा हुने कार्यक्रम अmभै बाँकी नै छन् । सबैको सहयोग पाए अधुँरा काम पूरा हुने विश्वास लिएको छु ।

कृषि क्षेत्रको पवद्र्धनका लागि के कस्ता काम गर्नु भएको छ ?

अहिले ०८०÷८१ को विनियोजित वजेटमा किसानलाई स्प्रेटंकी,एक घर एक विरुवाको सिद्धान्तलाई लिएर बृक्षारोपणका लागि विरुवा वितरणको काम पनि अगाडि बढाइ रहेका छौँ । किसानका लागि कृषि शाखा इकाइ पनि सञ्चालन गरेका छौँ । किसानकै घर र फर्ममा गएर निशुल्क बाली बीमा उपचार कार्यक्रम पनि भर्खरै सम्पन गरेका छौँ । पशु चौपाया पाल्ने किसानहरुलाई खोरेत भ्याक्सीनदेखि लिएर नश्ल सुधार,कृतिम गर्भाधानजस्ता सेवाहरु किसानलाई दिइरहेका छौँ । ५० प्रतिशत अनुदानमा बीउ वितरण गर्ने काम पनि भइरहेको छ ।

यो थारु बाहुल्य क्षेत्र पनि हो,थारु संस्कृति संरक्षण प्रवद्र्धनका लागि केही गर्नुभएको छ ?

थारु संस्कृति संरक्षण,प्रबद्र्धनका लागि पनि काम गरिरहेका छौँ । थारु बाहुल्य क्षेत्र भएकाले यसै वर्षभित्र थारुहरुको गुरही पर्वलाई प्राथमिकता दिँदै मनाएका छौँ । दसैँ तिहारलाई पनि आफ्नै कला,भाषा, संस्कृति संरक्षण सम्बद्र्धन हुने गरी मनाएका छौँ । थारु संस्कृति संरक्षण संवद्र्धनका लागि विभिन्न झाँकी सहितका कार्यक्रम गरिरहेका छौँ ।

वडा नं. ६मा रहेको रामजानकी सेवा समाज भत्तिनी अष्ठानका लागि यसै वर्ष तीन लाख बजेट छुट्याएका छौँ । मेलाको तयारीका लागि पानी ग्रेडर लागाउने,पानी पिचका लागि मेला व्यवस्थापन समितिलाई दिएका छौँ । धर्म संस्कृति संरक्षण प्रबद्र्धन गर्न र आन्तरिक पर्यटक भित्र्याउन यो पहल गरिरहेका छौँ ।

अन्तमा केही भन्नु हुन्छ ?

अन्तमा मलाई निर्वाचित गरेर दोस्रो पटक सेवा गर्ने मौका दिने सम्पूर्ण वडाबासीलाई धन्यवाद दिन चाहान्छु । सबैको साथ र सहयोगबाट कुनै पनि काम सफल हुन्छ । वडाको समग्र विकासका लागि सबैको साथ आवश्यक छ भन्न चाहान्छु ।

 

  • वडाध्यक्ष रन्जित
बुधबार, पुष ०४, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए
यस्तो छ आजको मौसम पूर्वानुमान
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
डा. गाेविन्द केसी र सरकारबिच सहमति, अनसन ताेडियाे

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २३ घण्टा 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २४ घण्टा 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.