• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

२०८४ को निर्वाचनमा माओवादी पहिलो शक्तिको रुपमा उदाउँछ : खगराज भट्ट

  •   आइतबार, पुष ०८, २०८० मा प्रकाशित

नेकपा (माओवादी केन्द्र)ले सञ्चालन गरेको ‘घरघरमा माओवादी जनजनमा माओवादी’,‘जनतासँग माओवादी रुपान्तरण अभियान’ देशभर चलेकोे छ । गत भाद्र १६ गतेबाट सञ्चालित अभियानमा माओवादी नेता कार्यकर्ता गाउँगाउँमा पुगेर संगठन व्यवस्थित बनाउने,सदस्यता नवीकरण गर्ने,जनतासँगको भेटघाटलाई तीब्रता दिनेलगायतका काम गरिरहेका छन् । सुदूरपश्चिममा पनि यो अभियानले माओवादी क्रियाशीलतालाई बढाएको छ । रुपान्तरण अभियान कसरी अगाडि बढ्यो ? के–के उपलब्धि भए ? जनतामा कस्तो जागरण ल्यायो ? लगायतका बिषयमा नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा सुदूरपश्चिम प्रदेशका कार्यबाहक इन्चार्ज खगराज भट्टसँग निशाना न्युजले गरेको कुराकानीको सारसंक्षेप………………।

माओवादीको तीन महिने रुपान्तरण अभियान कसरी अगाडि बढ्यो ?

रुपान्तरण अभियान संगठनात्मक सुदृढिकरण,संस्थात्मक रुपान्तरण र जनसम्बन्ध सुदृढ गर्ने दृष्टिकोणले ऐतिहासिक र युगान्तकारी बन्न पुगेको छ । यसले पार्टी जीवन भित्रका समस्यालाई पिँधसम्म पुगेर गहिरोसँग अध्ययन अनुसन्धान गर्ने कार्यकर्ताका गुनासा,जिज्ञासालाई सुन्ने,जनतासँग पार्टी र सरकारप्रतिको जनताको संवेदशीलताका गुनासाहरुलाई केन्द्रीत गर्ने,पार्टीलाई चुस्त र व्यवस्थित बनाउने,चालयमान र गतिशील शक्तिको रुपमा विकास गर्दै भविष्यको नेतृत्वदायी,राष्ट्रको क्रान्तिकारी र वैज्ञानिक नेतृत्व गर्ने शक्तिमा पार्टीलाई बनाउनको लागि ऐतिहासिकरुपले सफल छ ।

अभियानबाट के–के उपलब्धि भए ?

संगठनहरु व्यवस्थित भएका छन् । सदस्यता नवीकरण राम्रोसँग अगाडि बढेको छ । कार्यकर्ताहरुमा उत्साह पैदा भएको छ । पार्टी जीवित छ,पार्टी रहेछ,पार्टीप्रति भरोशा पैदा भएका थुपै कुरा आएका छन् । हामीले त माओवादी हरायो,विलायो भन्थ्यौँ, तर ज्युँदै रहेछ । जनतालाई सम्झिने रहेछ । सबै जुनाव जितेर सरकारमा गएपछि जनता बिर्सिन्छन् । माओवादी सरकारमा हुँदा जनतामा आयो, घरदैलोमा आयो,भनेर जनताले,शहिद परिवार,घाइते,बेपत्ता,अपांग परिवारले यो अभियानलाई उत्साहपूर्वक र सम्मान पूर्वक लिएका छन् । यसबाट उर्जा पैदा भएको छ ।

अभियानले जनतामा कस्तो जागरण ल्याएको छ ?

हाम्रो पहिलो चरणमा संगठनात्मक बिषयमै मूलभूतरुपमा केन्द्रीत भयो । दसैँ तिहारको कारण पनि अभियानमा केही समस्या पैदा भए । चाँडपर्व,खेतीपातीको सिजनले पनि भयो । तर माओवादीलाई जनाताँग जोड्न र जनतालाई माओवादी प्रति विश्वस्त तुल्याउने कुरामा भने यो अभियान हामीले सोचेकै स्तरमा सफल भएको छ ।

माओवादी नेतृत्वको सरकारले थुपै राम्रा काम गरेको भन्ने चर्चा हुन्छ,सरकारले गरेका काम तपाईहरुले जनतासम्म पु¥याउन नसक्नु भएकोे हो ?

हाम्रो पार्टीलाई अलिकति आधुनिक बनाउन जरुरी छ । खासगरी सामाजिक सञ्जाल प्रयोग गर्ने कुरा,सूचना प्रविधिमा अलि बढी पहुँच र पक्कड बनाउने कुरामा हाम्रो पार्टी कमजोर छ । विस्तारै हामी सिक्दै छौँ । हाम्रो पार्टीका सबै साथीहरुले त्यो सरकारले गरेको कामप्रति स्वामित्व लिन नचाहेर होइन् । हामी अलिकति आधुनिक प्रविधिसँग जोडिने कुरामा केही समस्या छन् । जसले गर्दा यो समस्या आएको हो ।

माओवादी पार्टी कमजोर हुँदै गएको भन्ने पनि सुनिन्छ,०८४ को निर्वाचनमा त झन कमजोर हुन्छ भन्छन नि ?

त्यो भनाइका लागि केही तथ्य पनि छन् । माओवादी गठबन्धन हुँदा पनि १८ सिटमा पुग्यो । हिजो माओवादीले संगठनलाई उपेक्षा गरेको हो । संगठन व्यवस्थित नभएको,जनसम्बन्ध कमजोर भएको परिस्थितमा यो परिणाम आएको थियो । यो अभियानले पार्टीलाई उर्जा दिएको छ । थुपै सपना देखाएको छ । हामीलाई विश्वास के छ भने यसपालीको र यो भन्दा अघिल्लो निर्वाचनको रिजल्टको साँवा र व्याज असुल्ने गरी २०८४ सालको निर्वाचनमा माओवादी पहिलो शक्तिको रुपमा उदाउँछ । यो अभियानले हामीलाई त्यो एउटा गहिरो विश्वास पैदा गरेको छ ।

  • खगराज भट्ट
आइतबार, पुष ०८, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन
कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.