धनगढी- कञ्चनपुरको कृष्णपुर नगरपालिका-२ बंकस्थित उदय माध्यमिक विद्यालयमा कविता लेखन तथा वाचन कार्यक्रम सम्पन्न भएको छ ।
शनिवार उदय साहित्य समाजको आयोजनामा सम्पन्न कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका सह-प्राध्यापक हरिप्रसाद खतिवडाले सो विधालय र केही छिमेकी विद्यालयका समेत बालबालिकाहरुलाई कविता लेखन र वाचन सम्बन्धि विशेष प्रशिक्षण दिएका थिए ।
नेपाली कविताको रचना विधान,लेखन कला र वाचन कलाका साथै विभिन्न पक्षका बारेमा भएको प्रशिक्षण कार्यक्रममा प्रशिक्षार्थीहरूले अभिरुचीका साथ भाग लिनुका साथै अभ्यास गरेका थिए ।
उदय साहित्य समाजकी अध्यक्ष बविता कार्कीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि नेपाल संस्कृत विश्वविद्यालयका सह-प्राध्यापक हरीप्रसाद खतिवडा रहेका थिए भने विशिष्ट अतिथिमा साहित्यकार सिर्जन श्री, उदय माविका प्रअ बम्मन राना र कवि प्रेमदत्त कलौनी रहेका थिए ।
त्यसैगरी अतिथिहरूमा अन्तर्राष्ट्रिय खेलाडी दिनेश पाण्डे ,समाजसेवी मोहन भण्डारी र साक्षी खतिवडा रहेका थिए। कार्यक्रमको सञ्चालन समाजकी सचिव जेनिसा लावडले गरेकी थिइन् ।













