काठमाडौं- गायक सरगम राईको स्वरमा रहेको नयाँ गीत ‘चाहना बढ्दै गो’ सार्वजनिक भएको छ । गीतमा सरगम राईको शब्द तथा संगीत र सबिन लिम्बूको एरेन्ज रहेको छ । गीतको भिडियोमा वीना राउत र सरोज प्रजाको फिचरिङमा तयार गरिएको छ ।
प्रेम र रोमान्सका रमाइला किस्साहरू देखाउन खोजिएको भिडियोलाई आकर्षक रुपमा प्रस्तुत गरिएको छ । आफ्नी प्रेमीकालाई पाउने चाहना बढ्दै गएको कुरा गायकले गीतमा ब्यक्त गरेका छन ।
सोनम पाख्रिनको निर्देशन तथा सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको भिडियो दिनेश पराजुलीले छायांकन गरेका हुन् भने सम्पादन विजेश पौडेलको रहेको छ ।













