• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

अवरोधकाबीच मोहन्यालमा महत्वपूर्ण काम भएका छन् : अध्यक्ष उपाध्याय

  •   बुधबार, पुष १८, २०८० मा प्रकाशित

अहिले मोहन्याल गाउँपालिकामा विकास निर्माण देखि विभिन्न कामहरु अघि बढिरहेका छन् । अघिल्लो ५ वर्षे कार्यकाल वडाध्यक्ष भएर स्थानीय तहमा काम गरिसकेका युवा नेता अहिले गाउँपालिकाको बागडोर सम्हाली राखेछन् । डेढ वर्षको अवधीमा मोहन्याल गाउँपालिकामा के कस्ता विकास निर्माणका कामहरु भए शिक्षा, स्वास्थ्य, खानेपानीमा केकस्ता सुधार भए, आगामी योजना के छन् ? लगायतका भन्ने बिषयमा गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्याय  ‘हिमशिखर’ सँग निशाना न्युजले गरेको कुराकानीको सारसंक्षेप…..

तपाईँ निर्वाचित भएर आएको डेढ वर्षको अवधिमा के–के काम गर्नुभयो ?
निर्वाचन भएको डेढ वर्ष भएपनि मैले काम गर्न लागेको १ वर्ष पुग्दैछ । अहिले ९/१० महिना भयो गत फागुन देखि हो मैले काम गर्न सुरु गरेको । अध्यक्षको हैसियतले काम गर्दै जाँदा सुरुदेखि नै बाधा अड्चन मोहन्याल गाउँपालिकामा आइरहे । मोहन्याल गाउँपालिकामा म आबद्ध दलको मेजुरिटी छैन् । त्यो भएर एक वर्षभरी नै पूरै विभिन्न खालका घेराबन्दी गरेर जनताका विकास निर्माणका काममा अवरोध गर्ने मुद्धा हाल्ने । अदालत जाने बजेट रोकीपाउँ भन्ने देखि लिएर उपाध्यक्षको नेतृत्वमा अधिकांश वडाध्यक्ष अदालत गएर विभिन्न खालको अवरोध गर्ने काम भए । त्यसका बाबजुद पनि मोहन्यालमा महत्वपूर्ण कामहरु भएका छन् । हामीले यसबीचमा दीर्घकालिन महत्वको योजना विद्युतीकरणको कुरा थियो यी विभिन्न खालका अप्ठ्याराकाबीच हामीले मोहन्याल गापालाई विद्युतीकरणका लागि संघीय सरकारलाई आग्रह गरेर नेपाल विद्युत प्राधिकरणको ठेक्का स्विकृत भइसकेको छ । काम प्रकृयामा अगाडि बढेको छ । केही बजेट अपुग भयो भन्ने कुरा आएपछि बजेटका लागि पनि विद्युत प्राधिकरणलाई हामीले आग्रह गरेका छौँ ।अर्को कुरा प्रदेश, संघीय सरकारलाई आग्रह गरेर पालिकाको साझेदारीमा यो वर्ष विभिन्न सडकमा महत्वपूर्ण बजेट विनियोजन भएको छ । कार्यान्वयनको प्रकृयामा छ । त्यस्तै ठूलीगाड तटबन्धन लगायतका ठूला प्रोजेक्ट यो आवमा सुरु गर्दै छौँ । हामीले झण्डै पौने २ करोडको ठूलीगाड तटबन्धन,एक करोडको अर्को खण्ड गरेर पौने तीन करोडको तटबन्धन राखेका छौँ । पालिकाका वडाहरुमा हुने आन्तरिक राजस्व संकलन अनलाइन प्रणालीमा लगेका छौँ । जसबाट कुन शिर्षकमा कुन वडा कति राजस्व उठ्दो रहेछ भन्ने हेर्न मिल्ने हुन्छ ।

शिक्षा,स्वास्थ्य,खानेपानी जस्ता आधारभूत अधिकारका क्षेत्रमा के–के गर्नुभएको छ ?
शिक्षाका क्षेत्रमा पनि सुधारको प्रयास गरिएको छ । प्रअ सँग करार सम्झौता गरेका छौँ । एक वर्षको शैषिक क्यालेण्डर सहित उहाँहरुलाई निश्चित केही शर्त राखेर करारनामा सम्झौता ग¥यौँ । कानुनीरुपमा शिक्षा ऐन थिएन् बनायौँ । दरवन्दी मिलान सम्बन्धि कार्यविधि कानुन बनायौँ ।शिक्षा क्षेत्रमा टार्जिट प्वाइन्ट जस्तो गरेर आउने जाने,पढाइभन्दा पनि सरुवा मात्रै गराउने जुन चलेको थियो त्यलाई हामीले निर्णय गरेका छौँ त्यो रोकिउको छ । त्यसले गर्दा पनि शैक्षिक गुणस्तरमा अभिबृद्धि हुने विश्वास लिएका छौँ ।स्वास्थ्य क्षेत्रमा पनि थुपै काम भएका छन् । १० शय्याको अस्पताल सोल्टामा बनि रहेको छ । निर्माण कम्पनीलाई यसै आव भित्र सम्पन्न गर्ने गरि अगाडि लानुस् भनेका छौँ । काम अगाडि बढेको छ । सबै वडामा उचित जनशक्ति सहितको स्वास्थ्य सेवा सञ्चालन गरेका छौँ । स्वास्थ्य क्षेत्रमा पहिलेभन्दा सुधार भइरहेको छ । खानेपानी यो भन्दा पहिले आबीडब्लु भन्ने प्रोजेक्टसँगको साझेदारीमा खानेपानी आयोजना सञ्चालन गरेका थियौँ । अहिले कर्णाली जल परियोजना भन्ने प्रोजेक्ट छ । त्यो संगको साझेदारीमा अहिले प्रोजेक्ट अगाडि बढेको छ । सातवटा परियोजना सम्पन्न भएका छन् । ६ वटा प्रोजेक्ट कार्यान्वयनमा जाँदैछन् । मेरो विचारमा करिब ९० प्रतिशत जनतालाई खानेपानीको पहुँचमा ल्याएका छौँ ।

संघ प्रदेश र स्थानीय तहको तालमेल कस्तो छ ?
यो सबैको साझा प्रश्न पनि हो । संघ, प्रदेश र स्थानीय तहबीच जुन सहकार्य हुनु पर्ने हो, त्यो सोचे झैँ भएको छैन् ।

तथ्यमा नभएर देखिने गरी केही काम भएका छन् ?
देखिने गरी पनि काम भएका छन् । हिजो मोहन्यालमा धेरै ठाउँमा सडक पुगेको थिएन् । अहिले प्रायः ८०÷९० प्रतिशत ठाउँमा कच्चि नै भएपनि सडक पु¥याउने काम गरेका छौँ । सोल्टा–चिसापानी सडक ठेक्का हुँदै छ । बहुवर्षे ठेक्कामा गएको छ । सिमडी–खिमडी सडकका लागि पनि मैले प्रदेश र संघ सरकारसँग अनुरोध गरिरहेको छु । मलाई विश्वास छ यो पनि आगामी वर्ष प्रकृया अगाडि बढ्छ । चुरेदेखि,राजकाँडादेखि चुसेकाँडा हुँदै कटौजे जोड्ने सडक,सोल्टादेखि खिमडी जोड्ने सडकलगायतका अन्य सडक यही आवमा अगाडि बढाइ रहेका छौँ ।
मोहन्यालमा टेलिकमको टावरहर थिएनन् अहिले पनि कतिपय ठाउँमा फोन लाग्दैन् । हिजो एकदम विकराल अवस्था थियो । टेलिकमसँग अनुरोध गरेर टावर थप गरेका छौँ । अहिले फोरजी इन्टरनेट सुविधा बढेको छ । वडा,स्वास्थ्य संस्थालगायतमा इन्टरनेट सेवा पु¥याएका छौँ ।

आगामी योजना के छन् ? कसरी अगाडि बढ्नुहुन्छ ?
पहिलो कुरा त राजनीतिकरुपमा सकेसम्म सहमतिको कोसिस गर्दैछु । साथीहरुलाई अहंकार बहुमतको घमण्ड त्यस्तो राजनीतिक संस्कार नभएजस्तो,राजनैतिक प्रकृति भन्दा पनि आग्रह,पूर्वाग्रह जस्तो देखिएको छ । उहाँहरु कहिले अदालत पुग्न् हुन्छ । अदालतले सही निर्णय गरिरहेको हुन्छ । म उहाँहरुसँग सम्बाद गरिरहेको छु । राजनैतिकरुपमा सबैलाई मिलाएर लैजाने मेरो उदेश्य हो । सबैलाई मिलाएर मोहन्याललाई पहिलेभन्दा अलिकति फरक भौतिक पूर्वाधार विकास,जनचेतनाको हिसावले होस्,मानव सुचांकको हिसावले होस रोजगारी सिर्जनाको क्षेत्रमा संघ, प्रदेश सबैको सहकार्यमा दीर्घकालिन योजना अगाडि बढाउनु पर्छ । मुख्य सडकहरु बहुवर्षिय ठेक्कामा जानुपर्छ । पूर्ण विद्युतीकरण गर्नु पर्छ । शिक्षा र स्वास्थ्यमा अझ सुधार गर्नुपर्छ । १० शय्याको अस्पतालका अतिरिक्त टेलिमेडिसिन अवधारणालाई ल्याएर अनलाईनबाट पनि चेकजाँच गर्नसक्ने दुई/चार ओटा ठाउँमा राख्यौँ भने जनताको स्वास्थ्य सेवामा ठूलो क्रान्ति नै हुन्छ जस्तो लाग्छ । यी लगायत समाजमा भएका विकृति विसंगतीहरुलाई अन्त्य गर्न जनचेतनामूलक कार्यक्रम गर्ने अबको मेरो योजना छ ।

अन्त्यमा केही भन्नुहुन्छ ?
मोहन्यालबासी दाजुभाइ दिदीबहिनीलाई यतिमात्रै आग्र गर्न चाहान्छु । दुई दुई पटक मलाई विश्वास गरेर जनप्रतिनिधीको रुपमा पठाउनु भएको छ । पछिल्लो समययमा पालिकाको नेतृत्व जिम्मेवारीमा पु¥याउनु भएको छ । विकास र समृद्धिको बाटोमा अगाडि बढाउनका लागि मैले धेरै कोसिस गरिरहेको छु । यो पर्यटकीक क्षेत्र अन्य स्रोत साधनले धनी ठाउँ हो । जिल्लाकै नमुना पालिका बनाउने सोचका साथ हिडिरहेको छु । जनप्रतिनिधिको ठूलो संख्या सहयोग गरिरहेको छैन् । अदालत धाउने कैले कता,मुद्धा मामिला र बहिस्कार तिर लागेको छ । गैर जिम्मेवार बनेको छ । जनताको जनप्रतिनिधि भएर काम गर्नु पर्नेमा गैर जिम्मेवार हर्कत गरिरहेका छन् । मलाई स्तब्ध बनाएको छ । जनताले दबाव दिएर गैर जिम्मेवार बन्ने मान्छेलाई सचेत गराउनु पर्छ जस्तो लाग्छ । सबै मिलेर मोहन्याल बनाऔँ मेरो उदेश्य पनि त्यही छ । सबैले हातेमालो गरेर मात्रै मोहन्यालको विकास हुन्छ । सबै मिलेर अगाडि बढौँ भन्न चाहान्छु ।

 

  • महत्वपूर्ण काम
बुधबार, पुष १८, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन
कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.