• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ४. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

अवरोधकाबीच मोहन्यालमा महत्वपूर्ण काम भएका छन् : अध्यक्ष उपाध्याय

  •   बुधबार, पुष १८, २०८० मा प्रकाशित

अहिले मोहन्याल गाउँपालिकामा विकास निर्माण देखि विभिन्न कामहरु अघि बढिरहेका छन् । अघिल्लो ५ वर्षे कार्यकाल वडाध्यक्ष भएर स्थानीय तहमा काम गरिसकेका युवा नेता अहिले गाउँपालिकाको बागडोर सम्हाली राखेछन् । डेढ वर्षको अवधीमा मोहन्याल गाउँपालिकामा के कस्ता विकास निर्माणका कामहरु भए शिक्षा, स्वास्थ्य, खानेपानीमा केकस्ता सुधार भए, आगामी योजना के छन् ? लगायतका भन्ने बिषयमा गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्याय  ‘हिमशिखर’ सँग निशाना न्युजले गरेको कुराकानीको सारसंक्षेप…..

तपाईँ निर्वाचित भएर आएको डेढ वर्षको अवधिमा के–के काम गर्नुभयो ?
निर्वाचन भएको डेढ वर्ष भएपनि मैले काम गर्न लागेको १ वर्ष पुग्दैछ । अहिले ९/१० महिना भयो गत फागुन देखि हो मैले काम गर्न सुरु गरेको । अध्यक्षको हैसियतले काम गर्दै जाँदा सुरुदेखि नै बाधा अड्चन मोहन्याल गाउँपालिकामा आइरहे । मोहन्याल गाउँपालिकामा म आबद्ध दलको मेजुरिटी छैन् । त्यो भएर एक वर्षभरी नै पूरै विभिन्न खालका घेराबन्दी गरेर जनताका विकास निर्माणका काममा अवरोध गर्ने मुद्धा हाल्ने । अदालत जाने बजेट रोकीपाउँ भन्ने देखि लिएर उपाध्यक्षको नेतृत्वमा अधिकांश वडाध्यक्ष अदालत गएर विभिन्न खालको अवरोध गर्ने काम भए । त्यसका बाबजुद पनि मोहन्यालमा महत्वपूर्ण कामहरु भएका छन् । हामीले यसबीचमा दीर्घकालिन महत्वको योजना विद्युतीकरणको कुरा थियो यी विभिन्न खालका अप्ठ्याराकाबीच हामीले मोहन्याल गापालाई विद्युतीकरणका लागि संघीय सरकारलाई आग्रह गरेर नेपाल विद्युत प्राधिकरणको ठेक्का स्विकृत भइसकेको छ । काम प्रकृयामा अगाडि बढेको छ । केही बजेट अपुग भयो भन्ने कुरा आएपछि बजेटका लागि पनि विद्युत प्राधिकरणलाई हामीले आग्रह गरेका छौँ ।अर्को कुरा प्रदेश, संघीय सरकारलाई आग्रह गरेर पालिकाको साझेदारीमा यो वर्ष विभिन्न सडकमा महत्वपूर्ण बजेट विनियोजन भएको छ । कार्यान्वयनको प्रकृयामा छ । त्यस्तै ठूलीगाड तटबन्धन लगायतका ठूला प्रोजेक्ट यो आवमा सुरु गर्दै छौँ । हामीले झण्डै पौने २ करोडको ठूलीगाड तटबन्धन,एक करोडको अर्को खण्ड गरेर पौने तीन करोडको तटबन्धन राखेका छौँ । पालिकाका वडाहरुमा हुने आन्तरिक राजस्व संकलन अनलाइन प्रणालीमा लगेका छौँ । जसबाट कुन शिर्षकमा कुन वडा कति राजस्व उठ्दो रहेछ भन्ने हेर्न मिल्ने हुन्छ ।

शिक्षा,स्वास्थ्य,खानेपानी जस्ता आधारभूत अधिकारका क्षेत्रमा के–के गर्नुभएको छ ?
शिक्षाका क्षेत्रमा पनि सुधारको प्रयास गरिएको छ । प्रअ सँग करार सम्झौता गरेका छौँ । एक वर्षको शैषिक क्यालेण्डर सहित उहाँहरुलाई निश्चित केही शर्त राखेर करारनामा सम्झौता ग¥यौँ । कानुनीरुपमा शिक्षा ऐन थिएन् बनायौँ । दरवन्दी मिलान सम्बन्धि कार्यविधि कानुन बनायौँ ।शिक्षा क्षेत्रमा टार्जिट प्वाइन्ट जस्तो गरेर आउने जाने,पढाइभन्दा पनि सरुवा मात्रै गराउने जुन चलेको थियो त्यलाई हामीले निर्णय गरेका छौँ त्यो रोकिउको छ । त्यसले गर्दा पनि शैक्षिक गुणस्तरमा अभिबृद्धि हुने विश्वास लिएका छौँ ।स्वास्थ्य क्षेत्रमा पनि थुपै काम भएका छन् । १० शय्याको अस्पताल सोल्टामा बनि रहेको छ । निर्माण कम्पनीलाई यसै आव भित्र सम्पन्न गर्ने गरि अगाडि लानुस् भनेका छौँ । काम अगाडि बढेको छ । सबै वडामा उचित जनशक्ति सहितको स्वास्थ्य सेवा सञ्चालन गरेका छौँ । स्वास्थ्य क्षेत्रमा पहिलेभन्दा सुधार भइरहेको छ । खानेपानी यो भन्दा पहिले आबीडब्लु भन्ने प्रोजेक्टसँगको साझेदारीमा खानेपानी आयोजना सञ्चालन गरेका थियौँ । अहिले कर्णाली जल परियोजना भन्ने प्रोजेक्ट छ । त्यो संगको साझेदारीमा अहिले प्रोजेक्ट अगाडि बढेको छ । सातवटा परियोजना सम्पन्न भएका छन् । ६ वटा प्रोजेक्ट कार्यान्वयनमा जाँदैछन् । मेरो विचारमा करिब ९० प्रतिशत जनतालाई खानेपानीको पहुँचमा ल्याएका छौँ ।

संघ प्रदेश र स्थानीय तहको तालमेल कस्तो छ ?
यो सबैको साझा प्रश्न पनि हो । संघ, प्रदेश र स्थानीय तहबीच जुन सहकार्य हुनु पर्ने हो, त्यो सोचे झैँ भएको छैन् ।

तथ्यमा नभएर देखिने गरी केही काम भएका छन् ?
देखिने गरी पनि काम भएका छन् । हिजो मोहन्यालमा धेरै ठाउँमा सडक पुगेको थिएन् । अहिले प्रायः ८०÷९० प्रतिशत ठाउँमा कच्चि नै भएपनि सडक पु¥याउने काम गरेका छौँ । सोल्टा–चिसापानी सडक ठेक्का हुँदै छ । बहुवर्षे ठेक्कामा गएको छ । सिमडी–खिमडी सडकका लागि पनि मैले प्रदेश र संघ सरकारसँग अनुरोध गरिरहेको छु । मलाई विश्वास छ यो पनि आगामी वर्ष प्रकृया अगाडि बढ्छ । चुरेदेखि,राजकाँडादेखि चुसेकाँडा हुँदै कटौजे जोड्ने सडक,सोल्टादेखि खिमडी जोड्ने सडकलगायतका अन्य सडक यही आवमा अगाडि बढाइ रहेका छौँ ।
मोहन्यालमा टेलिकमको टावरहर थिएनन् अहिले पनि कतिपय ठाउँमा फोन लाग्दैन् । हिजो एकदम विकराल अवस्था थियो । टेलिकमसँग अनुरोध गरेर टावर थप गरेका छौँ । अहिले फोरजी इन्टरनेट सुविधा बढेको छ । वडा,स्वास्थ्य संस्थालगायतमा इन्टरनेट सेवा पु¥याएका छौँ ।

आगामी योजना के छन् ? कसरी अगाडि बढ्नुहुन्छ ?
पहिलो कुरा त राजनीतिकरुपमा सकेसम्म सहमतिको कोसिस गर्दैछु । साथीहरुलाई अहंकार बहुमतको घमण्ड त्यस्तो राजनीतिक संस्कार नभएजस्तो,राजनैतिक प्रकृति भन्दा पनि आग्रह,पूर्वाग्रह जस्तो देखिएको छ । उहाँहरु कहिले अदालत पुग्न् हुन्छ । अदालतले सही निर्णय गरिरहेको हुन्छ । म उहाँहरुसँग सम्बाद गरिरहेको छु । राजनैतिकरुपमा सबैलाई मिलाएर लैजाने मेरो उदेश्य हो । सबैलाई मिलाएर मोहन्याललाई पहिलेभन्दा अलिकति फरक भौतिक पूर्वाधार विकास,जनचेतनाको हिसावले होस्,मानव सुचांकको हिसावले होस रोजगारी सिर्जनाको क्षेत्रमा संघ, प्रदेश सबैको सहकार्यमा दीर्घकालिन योजना अगाडि बढाउनु पर्छ । मुख्य सडकहरु बहुवर्षिय ठेक्कामा जानुपर्छ । पूर्ण विद्युतीकरण गर्नु पर्छ । शिक्षा र स्वास्थ्यमा अझ सुधार गर्नुपर्छ । १० शय्याको अस्पतालका अतिरिक्त टेलिमेडिसिन अवधारणालाई ल्याएर अनलाईनबाट पनि चेकजाँच गर्नसक्ने दुई/चार ओटा ठाउँमा राख्यौँ भने जनताको स्वास्थ्य सेवामा ठूलो क्रान्ति नै हुन्छ जस्तो लाग्छ । यी लगायत समाजमा भएका विकृति विसंगतीहरुलाई अन्त्य गर्न जनचेतनामूलक कार्यक्रम गर्ने अबको मेरो योजना छ ।

अन्त्यमा केही भन्नुहुन्छ ?
मोहन्यालबासी दाजुभाइ दिदीबहिनीलाई यतिमात्रै आग्र गर्न चाहान्छु । दुई दुई पटक मलाई विश्वास गरेर जनप्रतिनिधीको रुपमा पठाउनु भएको छ । पछिल्लो समययमा पालिकाको नेतृत्व जिम्मेवारीमा पु¥याउनु भएको छ । विकास र समृद्धिको बाटोमा अगाडि बढाउनका लागि मैले धेरै कोसिस गरिरहेको छु । यो पर्यटकीक क्षेत्र अन्य स्रोत साधनले धनी ठाउँ हो । जिल्लाकै नमुना पालिका बनाउने सोचका साथ हिडिरहेको छु । जनप्रतिनिधिको ठूलो संख्या सहयोग गरिरहेको छैन् । अदालत धाउने कैले कता,मुद्धा मामिला र बहिस्कार तिर लागेको छ । गैर जिम्मेवार बनेको छ । जनताको जनप्रतिनिधि भएर काम गर्नु पर्नेमा गैर जिम्मेवार हर्कत गरिरहेका छन् । मलाई स्तब्ध बनाएको छ । जनताले दबाव दिएर गैर जिम्मेवार बन्ने मान्छेलाई सचेत गराउनु पर्छ जस्तो लाग्छ । सबै मिलेर मोहन्याल बनाऔँ मेरो उदेश्य पनि त्यही छ । सबैले हातेमालो गरेर मात्रै मोहन्यालको विकास हुन्छ । सबै मिलेर अगाडि बढौँ भन्न चाहान्छु ।

 

  • महत्वपूर्ण काम
बुधबार, पुष १८, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
यस्तो छ आजको मौसम पूर्वानुमान
सुदूरपश्चिम प्रदेश: बजेट शून्यतासँगै प्रदेश सभा पनि शून्य
बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय
कैलारी आधारभूत अस्पतालमा एक महिनामै १ हजार २ सय बिरामीले लिए सेवा

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ४.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.