कैलाली- कैलालीको त्रिनगर भन्सार नाका हुँदै भारतबाट काम गरी घर फर्किएका ९ जना नेपालीमा कोरोना संक्रमण पुष्टी भएको छ ।
शुक्रबारसम्ममा ८ सय ५ जना नेपालीमा एन्टिजेन परीक्षण गर्दा ९ जनामा कोरोना पुष्टी भएको हो ।
५ सय ९५ पुरुष र २ सय १० जना महिलामा कोरोना परीक्षण गरेको त्रिनगर हेल्थ डेस्कका तथ्याङ्क सहायक राम बोगटीले निशाना न्युजलाई जानकारी दिए । जसमध्ये ५ जना पुरुष र ४ जना महिलामा कोरोना पुष्टी भएको उनले बताए ।
पछिल्लो समय भारतमा कोरोनाको नयाँ भेरियन्टहरु पत्ता लाग्न थालेपछि भारतसँग जोडिएका सीमा नाकामा कडाइ गरिनुका साथै कोरोना परीक्षणलाई पनि तीब्रता दिएको उनको भनाइ छ ।

कोरोना पुष्टी भएकाको स्वाव संकलन गरी नयाँ भेरियन्ट हो की होइन पत्ता लगाउन परीक्षणका लागि काठमाण्डौँ पठाउने गरिएको उनले बताए । अहिलेसम्म नयाँ भेरियन्ट नेपालमा नभएको परीक्षण गरिएका सबैको पुरानै भेरियन्ट नै रहेको उनले बताए । बोगटीका अनुसार त्रिनगर भन्सार नाका हँुदै भारतको बेङ्लोर, पुना,दिल्ली, गुजरात, हिमाञ्चल क्षेत्रबाट नेपालीहरु काम गरी घर फर्कने गरेका छन ।























