काठमाडौं– साप्ताहिक कारोबारको तेस्रो दिन आज (मंगलबार) नेपाली बजारमा पहेँलो धातु ९सुन०को मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार चाँदीको मूल्य पनि बढेको छ।
मंगलबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको महासंघले जनाएको छ। यस्तै, चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको छ। मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ९०० र तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ४०० रुपैयाँ कायम भएको छ।
सोमबार भने छापावाल सुन ९६ हजार ३०० र तेजाबी सुन प्रतितोला ९५ हजार ८०० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो। मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार २४० रुपैयाँ कायम भएको छ। यसअघि सोमबार भने चाँदी १ हजार २०५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।














