• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ४. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

माओवादी रुपान्तरण अभियानले पार्टीलाई थप जीवन्त, गतिशील बनाउन उत्प्रेरणा जगायो : सचिव बुढा

  •   शुक्रबार, माघ २६, २०८० मा प्रकाशित

नेकपा (माओवादी केन्द्र)ले गत भदौबाट देशभर जनतासँग माओवादी बिशेष रुपान्तरण अभियान ४ महिनासम्म संचालन ग¥यो । सोही अबधिमा माओवादी केन्द्रका केन्द्रीय स्तरका नेता,कार्यकर्ताहरु गाउँगाउँसम्म पुग्दै जनतासँग भेटघाट,छलफल लगायत अन्तक्रिया गरे । सोही क्रममा अभियानबाट भएका उपलब्धी, सिकाई लगायतका बिषयमा केन्द्रीत रहेर २०५५÷५६ सालबाट पूर्णकालिन माओवादी राजनीतिमा होमिएका तथा संविधानसभा सदस्यसमेत भईसकेका हाल माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश समिति सचिव जनकबहादुर बुढासँग निशाना न्युजले गरेको कुराकानी प्रस्तुत गरेका छौँ ।

माओवादीले सञ्चालन गरेको रुपान्तरण अभियानले निरन्तरता पाउँछ कि यत्तिकैमा सीमित हुन्छ ?

तीन महिने विशेष रुपान्तरण अभियान हो । एक महिना थपिएर चार महिना नै भयो । अव हाम्रो पार्टीको फागुन १ गतेदेखि विधान अधिवेशन चल्छ । विधान अधिवेशनपछि थप कार्यक्रम आउँछन् । पार्टीलाई अझै गतिशील बनाउन अहिलेसम्मको अभियानको सम्पूर्ण समीक्षा र सश्लेषण गरेर थप अभियानकै रुपमा लैजाने या कुनै कार्यक्रमको रुपमा लैजाने भन्ने त पार्टी केन्द्रीय समितिले नै निर्धारण गर्ला । पार्टीलाई जीवन्त,गतिशील बनाउन कार्यक्रमहरु निरन्तर भइराख्छन् ।

रुपान्तरण अभियानमा सुदूरपश्चिमका जनताको प्रतिकृया कस्तो पाउनुभयो ?

खासगरी लामो समयसम्म जनता,पार्टी,नेता कार्यकर्ताको बीचमा जो जीवन्त सम्बन्ध हुनुपथ्र्यो त्यो कटेको थियो । त्यसलाई अलिकति नवीकरण गर्ने काम यो अभियानले गरेको छ । लामो अवधिपछि पार्टीको केन्द्रीय स्तरका नेताहरु दुरदराजका बस्तीहरुमा पुग्दाखेरी त्यहाँका कार्यकर्ता,जनताका आशा समस्याहरु केन्द्रिकरण गर्ने काम पनि भएको छ ।

यो सबै चिज हेर्दाखेरी पार्टीले अब केही न केही नयाँ काम गर्छ । पार्टी केन्द्रले पनि सरकारको सुशासनको मोर्चाबाट जनताका पक्षमा,विकास निर्माणलगायत समग्र विषयबस्तुमा एउटा हस्तक्षेपपूर्ण तरिकाले अगाडि बढाएको सन्देश पनि नेता कार्यकर्ताले जनताका बीचमा पु¥याउने काम गरे । यसले ठूलो उथलपुथल भयो त म भन्दिन एउटा आशा पलाएको छ । पार्टी अब केही बन्छ रुपान्तरण हुन्छ । जनता,कार्यकर्तासँग नेता जोडिन्छन् भन्ने आशा सञ्चार गर्ने काम यो अभियानले गरेको छ ।

अभियानका उपलब्धी के भए ?

थुपै ठाउँमा हाम्रो संगठन बनेको थिएन । संगठन पनि बनेको छ । थुप्रै कार्यकर्ताहरु निष्कृय थिए । तीनमा गति आएको छ । नेता कार्यकर्ताहरुको ठूलो हिस्सा दुरदराजमा पुग्दा जनतामा आशा उत्साह आएको छ । पार्टी सदस्यता नवीकरणको काम पनि भएको छ । कमिटिहरु व्यवस्थित र परिचालित भएका छन् । हामी अहिले केन्द्रमा सरकारको नेतृत्व गरिराखेको,प्रदेशमा सरकारमा सहभागी भइराखेको कारण कुन ठाउँमा कस्तो प्रकारको समस्याहरु छ । विकास निर्माणदेखि लिएर कार्यकर्ताका समस्याहरुको केन्द्रिकरण गर्ने काम पनि यो अभियानले गरेको छ । मुलभूतरुपमा यो उपलब्धिपूर्ण छ ।

पछिल्लो समय नेता बिग्रिए जनताका पीरमर्का बिर्सिए,शहिद,बेपत्ता परिवार,घाइते,अपांगलाई बिर्सिए भन्ने गुनासो छ नि ?

यो अभियानले त्यो बिषयलाई पनि चिर्ने काम गरेको छ । अभियानमा पार्टीको कार्यविभाजन लिएर गएका साथीहरुले शहिद,बेपत्ता योद्धाका परिवालाई,घाइते,अपांग योद्धासँग पनि भेटघाट गर्नुभएको छ । तल्लो कमिटीका कार्यर्ताहरु जो अहिले पनि दिन रात दुखकष्ट गरेर पार्टीको विचारलाई बचाएर,पार्टी निर्माणका निमित्त जो लागिरहनु भएको छ उहाँहरुसँग जीवन्त भेटघाट,छलफल अन्तरक्रिया भएको छ । यसले सकरात्मक परिणाम ल्याएको छ । राम्रो उपलब्धी हासिल गरेको छ ।

अभियानका क्रममा तपाईको पार्टीसँग जनताका कस्ता आशा रहेको पाउनुभयो ?

खासगरी माओवादी पार्टी भनेको हिजो युद्धकालिन समयदेखि जनताकै बीचमा हुर्केको पार्टी हो । जनतासँगै बस्ने,खाने,रमाउने जनताकै समस्याहरुको हल गर्ने पार्टी हो । माओवादी हिजो मुलतः ग्रासरुटको जनताले हुर्काएको र जगेर्ना गर्ने पार्टी हो । हामी शान्ति प्रकृयामा आइसकेपछि सरकारमा सहभागी हुँदै गर्दा जनता र तल्लो तहको कार्यकर्तासँगको सम्बन्ध एउटा प्रकारको टुटेको जस्तो थियो । हामी अलिबढी शहर, बजारमुखि, सदरमुकामुखि, राजधानीमुखि भएको,नेतृत्वको हिस्सा यता पट्टिहुने तलको सम्बन्ध जो टुट्दै गएको थियो । यो अभियानले त्यसलाई पनि जोड्यो ।

हिजो जो माओवादी पार्टीको उदेश्य,सपना थियो, जनताकाबीचमा गरिएका बाचाँहरु,शहिदहरुका सपना नर्बिसियोस्, भुइँमान्छेका आवाज नछोडोस् भन्ने जनताको अपेक्षा छ । माओवादी पार्टीका केही मान्छेहरु संसदीय प्रदुषणमा छन् । यो प्रदुषणबाट पनि मुक्त हुन र वास्तविकरुपमा जनमुखि हुन,जनताका एजेन्डालाई समाइराखुन् भन्ने जनअपेक्षा रहेको नै मैले देख्छु ।

आगामी निर्वाचनमा तपाईको पार्टीको स्थिति बदलिन्छ ?

मलाई लाग्छ यो अभियानले एउटा आधार चाहिँ बनाएको छ । निरन्तर रुपमा हामीले यो पार्टीलाई जीवन्त,गतिशील बनाउँदै जाने हो,हामी आफ्नै खुट्टामा उभिने हो भने स्थिति फरक हुन्छ । अहिले माओवादी पार्टीको जुन पोजिशन संघीय संसदमा छ । यत्तिको पोजिशन एक्लै लड्दा पनि आउँछ । हामीले गठबन्धन गर्दाखेरि ४०÷४५ ठाउँमा लड्यौँ । सबै निर्वाचन क्षेत्रमा हाम्रो उम्मेदवार उठाउने हो भने समानुपातिकमा मत बढ्छ । जहाँ हाम्रो उम्मेदवार छैनन्, त्यहाँ हाम्रो समानुपातिक मत पनि आएको छैन् । सबै ठाउँमा लड्दाखेरि यत्तिको पोजिशन त माओवादी एक्लै लड्दा हुन्थ्यो ।

माओवादीले अब कसैको टेको,फेरो समाउने भन्दा पनि आफ्नै बलबुतामा उभिने प्रकारले सोच्नुपर्छ । त्यसो हुँदा सिट संख्या पनि त्यही प्रकारले बढ्छ । पार्टी संगठन पनि सुदृढ हुन्छ । सबै ठाउँको संगठन पनि परिचालित हुन्छ । जनताले भोट हाल्ने अवस्था हुन्छ । कतिपय ठाउँमा १०÷१५ वर्ष भइसक्यो आफ्नो चुनाव चिन्हमा भोट हाल्न पाएका छैनन् । त्यसैले यस्तै प्रकृतिको अभियानलाई निरन्तरता दिने,पार्टी संगठनलाई सुदृढ गर्ने आन्तरिक पार्टीका अन्तर बिरोधलाईं हलगर्दै जाने, निरन्तर जनताका बीचमा जाने र देशभित्र छरिएर रहेका अग्रगामी बामपन्थी,क्रान्तिकारी शक्तिलाई धु्रविकृत,गोलवन्द,केन्द्रिकृत गर्न सकिने सम्भावना छ । यस्तो गर्न सकियो भने २०८४ सम्म आइपुग्दा माओवादी मुख्यशक्तिको रुपमा आइपुग्छ भन्ने हामीलाई लागेको छ ।

अन्त्यमा केही भन्नुहुन्छ ?

पार्टीले यो रुपान्तरण अभियानबाट एउटा शक्ति आर्जन गरेको छ । समग्ररुपमा यसमा हाम्रो थुप्रै जनवर्गिय संगठनहरु,पार्टीका सबै नेता कार्यकर्ताको एकीकृत तागतद्धारा यो शक्ति आर्जन गरेका हौँ । हामी विधान अधिवेशनको संघारमा छौँ । विधान अधिवेशनपछि पार्टीले एउटा नयाँ प्रकारको योजना बनाएर सिङ्गो टिम परिचान हुने योजना आउँछ भन्ने हामीले विश्वास लिएका छौँ । यो अवस्थामा हाम्रा समर्थक शुभचिन्तक जनवर्गिय संगठनमा रहेका साथीहरुले आ–आफ्नो ठाउँमा पार्टीलाई आगामी निर्वाचनसम्म आइपुग्दा ०६४ को माओवादीको स्थितिमा पु¥याउने प्रकारले सबै परिचालित हौँ भन्न चाहान्छु ।

  • सचिव बुढा
शुक्रबार, माघ २६, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
यस्तो छ आजको मौसम पूर्वानुमान
सुदूरपश्चिम प्रदेश: बजेट शून्यतासँगै प्रदेश सभा पनि शून्य
बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय
कांग्रेस संसदीय दलद्वारा रसुवा बाढीपीडितका लागि ३ लाख बढी सहयोग

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ४.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.