• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

माओवादी रुपान्तरण अभियानले पार्टीलाई थप जीवन्त, गतिशील बनाउन उत्प्रेरणा जगायो : सचिव बुढा

  •   शुक्रबार, माघ २६, २०८० मा प्रकाशित

नेकपा (माओवादी केन्द्र)ले गत भदौबाट देशभर जनतासँग माओवादी बिशेष रुपान्तरण अभियान ४ महिनासम्म संचालन ग¥यो । सोही अबधिमा माओवादी केन्द्रका केन्द्रीय स्तरका नेता,कार्यकर्ताहरु गाउँगाउँसम्म पुग्दै जनतासँग भेटघाट,छलफल लगायत अन्तक्रिया गरे । सोही क्रममा अभियानबाट भएका उपलब्धी, सिकाई लगायतका बिषयमा केन्द्रीत रहेर २०५५÷५६ सालबाट पूर्णकालिन माओवादी राजनीतिमा होमिएका तथा संविधानसभा सदस्यसमेत भईसकेका हाल माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश समिति सचिव जनकबहादुर बुढासँग निशाना न्युजले गरेको कुराकानी प्रस्तुत गरेका छौँ ।

माओवादीले सञ्चालन गरेको रुपान्तरण अभियानले निरन्तरता पाउँछ कि यत्तिकैमा सीमित हुन्छ ?

तीन महिने विशेष रुपान्तरण अभियान हो । एक महिना थपिएर चार महिना नै भयो । अव हाम्रो पार्टीको फागुन १ गतेदेखि विधान अधिवेशन चल्छ । विधान अधिवेशनपछि थप कार्यक्रम आउँछन् । पार्टीलाई अझै गतिशील बनाउन अहिलेसम्मको अभियानको सम्पूर्ण समीक्षा र सश्लेषण गरेर थप अभियानकै रुपमा लैजाने या कुनै कार्यक्रमको रुपमा लैजाने भन्ने त पार्टी केन्द्रीय समितिले नै निर्धारण गर्ला । पार्टीलाई जीवन्त,गतिशील बनाउन कार्यक्रमहरु निरन्तर भइराख्छन् ।

रुपान्तरण अभियानमा सुदूरपश्चिमका जनताको प्रतिकृया कस्तो पाउनुभयो ?

खासगरी लामो समयसम्म जनता,पार्टी,नेता कार्यकर्ताको बीचमा जो जीवन्त सम्बन्ध हुनुपथ्र्यो त्यो कटेको थियो । त्यसलाई अलिकति नवीकरण गर्ने काम यो अभियानले गरेको छ । लामो अवधिपछि पार्टीको केन्द्रीय स्तरका नेताहरु दुरदराजका बस्तीहरुमा पुग्दाखेरी त्यहाँका कार्यकर्ता,जनताका आशा समस्याहरु केन्द्रिकरण गर्ने काम पनि भएको छ ।

यो सबै चिज हेर्दाखेरी पार्टीले अब केही न केही नयाँ काम गर्छ । पार्टी केन्द्रले पनि सरकारको सुशासनको मोर्चाबाट जनताका पक्षमा,विकास निर्माणलगायत समग्र विषयबस्तुमा एउटा हस्तक्षेपपूर्ण तरिकाले अगाडि बढाएको सन्देश पनि नेता कार्यकर्ताले जनताका बीचमा पु¥याउने काम गरे । यसले ठूलो उथलपुथल भयो त म भन्दिन एउटा आशा पलाएको छ । पार्टी अब केही बन्छ रुपान्तरण हुन्छ । जनता,कार्यकर्तासँग नेता जोडिन्छन् भन्ने आशा सञ्चार गर्ने काम यो अभियानले गरेको छ ।

अभियानका उपलब्धी के भए ?

थुपै ठाउँमा हाम्रो संगठन बनेको थिएन । संगठन पनि बनेको छ । थुप्रै कार्यकर्ताहरु निष्कृय थिए । तीनमा गति आएको छ । नेता कार्यकर्ताहरुको ठूलो हिस्सा दुरदराजमा पुग्दा जनतामा आशा उत्साह आएको छ । पार्टी सदस्यता नवीकरणको काम पनि भएको छ । कमिटिहरु व्यवस्थित र परिचालित भएका छन् । हामी अहिले केन्द्रमा सरकारको नेतृत्व गरिराखेको,प्रदेशमा सरकारमा सहभागी भइराखेको कारण कुन ठाउँमा कस्तो प्रकारको समस्याहरु छ । विकास निर्माणदेखि लिएर कार्यकर्ताका समस्याहरुको केन्द्रिकरण गर्ने काम पनि यो अभियानले गरेको छ । मुलभूतरुपमा यो उपलब्धिपूर्ण छ ।

पछिल्लो समय नेता बिग्रिए जनताका पीरमर्का बिर्सिए,शहिद,बेपत्ता परिवार,घाइते,अपांगलाई बिर्सिए भन्ने गुनासो छ नि ?

यो अभियानले त्यो बिषयलाई पनि चिर्ने काम गरेको छ । अभियानमा पार्टीको कार्यविभाजन लिएर गएका साथीहरुले शहिद,बेपत्ता योद्धाका परिवालाई,घाइते,अपांग योद्धासँग पनि भेटघाट गर्नुभएको छ । तल्लो कमिटीका कार्यर्ताहरु जो अहिले पनि दिन रात दुखकष्ट गरेर पार्टीको विचारलाई बचाएर,पार्टी निर्माणका निमित्त जो लागिरहनु भएको छ उहाँहरुसँग जीवन्त भेटघाट,छलफल अन्तरक्रिया भएको छ । यसले सकरात्मक परिणाम ल्याएको छ । राम्रो उपलब्धी हासिल गरेको छ ।

अभियानका क्रममा तपाईको पार्टीसँग जनताका कस्ता आशा रहेको पाउनुभयो ?

खासगरी माओवादी पार्टी भनेको हिजो युद्धकालिन समयदेखि जनताकै बीचमा हुर्केको पार्टी हो । जनतासँगै बस्ने,खाने,रमाउने जनताकै समस्याहरुको हल गर्ने पार्टी हो । माओवादी हिजो मुलतः ग्रासरुटको जनताले हुर्काएको र जगेर्ना गर्ने पार्टी हो । हामी शान्ति प्रकृयामा आइसकेपछि सरकारमा सहभागी हुँदै गर्दा जनता र तल्लो तहको कार्यकर्तासँगको सम्बन्ध एउटा प्रकारको टुटेको जस्तो थियो । हामी अलिबढी शहर, बजारमुखि, सदरमुकामुखि, राजधानीमुखि भएको,नेतृत्वको हिस्सा यता पट्टिहुने तलको सम्बन्ध जो टुट्दै गएको थियो । यो अभियानले त्यसलाई पनि जोड्यो ।

हिजो जो माओवादी पार्टीको उदेश्य,सपना थियो, जनताकाबीचमा गरिएका बाचाँहरु,शहिदहरुका सपना नर्बिसियोस्, भुइँमान्छेका आवाज नछोडोस् भन्ने जनताको अपेक्षा छ । माओवादी पार्टीका केही मान्छेहरु संसदीय प्रदुषणमा छन् । यो प्रदुषणबाट पनि मुक्त हुन र वास्तविकरुपमा जनमुखि हुन,जनताका एजेन्डालाई समाइराखुन् भन्ने जनअपेक्षा रहेको नै मैले देख्छु ।

आगामी निर्वाचनमा तपाईको पार्टीको स्थिति बदलिन्छ ?

मलाई लाग्छ यो अभियानले एउटा आधार चाहिँ बनाएको छ । निरन्तर रुपमा हामीले यो पार्टीलाई जीवन्त,गतिशील बनाउँदै जाने हो,हामी आफ्नै खुट्टामा उभिने हो भने स्थिति फरक हुन्छ । अहिले माओवादी पार्टीको जुन पोजिशन संघीय संसदमा छ । यत्तिको पोजिशन एक्लै लड्दा पनि आउँछ । हामीले गठबन्धन गर्दाखेरि ४०÷४५ ठाउँमा लड्यौँ । सबै निर्वाचन क्षेत्रमा हाम्रो उम्मेदवार उठाउने हो भने समानुपातिकमा मत बढ्छ । जहाँ हाम्रो उम्मेदवार छैनन्, त्यहाँ हाम्रो समानुपातिक मत पनि आएको छैन् । सबै ठाउँमा लड्दाखेरि यत्तिको पोजिशन त माओवादी एक्लै लड्दा हुन्थ्यो ।

माओवादीले अब कसैको टेको,फेरो समाउने भन्दा पनि आफ्नै बलबुतामा उभिने प्रकारले सोच्नुपर्छ । त्यसो हुँदा सिट संख्या पनि त्यही प्रकारले बढ्छ । पार्टी संगठन पनि सुदृढ हुन्छ । सबै ठाउँको संगठन पनि परिचालित हुन्छ । जनताले भोट हाल्ने अवस्था हुन्छ । कतिपय ठाउँमा १०÷१५ वर्ष भइसक्यो आफ्नो चुनाव चिन्हमा भोट हाल्न पाएका छैनन् । त्यसैले यस्तै प्रकृतिको अभियानलाई निरन्तरता दिने,पार्टी संगठनलाई सुदृढ गर्ने आन्तरिक पार्टीका अन्तर बिरोधलाईं हलगर्दै जाने, निरन्तर जनताका बीचमा जाने र देशभित्र छरिएर रहेका अग्रगामी बामपन्थी,क्रान्तिकारी शक्तिलाई धु्रविकृत,गोलवन्द,केन्द्रिकृत गर्न सकिने सम्भावना छ । यस्तो गर्न सकियो भने २०८४ सम्म आइपुग्दा माओवादी मुख्यशक्तिको रुपमा आइपुग्छ भन्ने हामीलाई लागेको छ ।

अन्त्यमा केही भन्नुहुन्छ ?

पार्टीले यो रुपान्तरण अभियानबाट एउटा शक्ति आर्जन गरेको छ । समग्ररुपमा यसमा हाम्रो थुप्रै जनवर्गिय संगठनहरु,पार्टीका सबै नेता कार्यकर्ताको एकीकृत तागतद्धारा यो शक्ति आर्जन गरेका हौँ । हामी विधान अधिवेशनको संघारमा छौँ । विधान अधिवेशनपछि पार्टीले एउटा नयाँ प्रकारको योजना बनाएर सिङ्गो टिम परिचान हुने योजना आउँछ भन्ने हामीले विश्वास लिएका छौँ । यो अवस्थामा हाम्रा समर्थक शुभचिन्तक जनवर्गिय संगठनमा रहेका साथीहरुले आ–आफ्नो ठाउँमा पार्टीलाई आगामी निर्वाचनसम्म आइपुग्दा ०६४ को माओवादीको स्थितिमा पु¥याउने प्रकारले सबै परिचालित हौँ भन्न चाहान्छु ।

  • सचिव बुढा
शुक्रबार, माघ २६, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन
कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.