धनगढी । सन्चारकर्मी तथा गायिका हेमन्ता भट्टराई मिसेस राइज एन्ड साइन दिभा २०८० को बिजयीको ताज पहिरिन सफल भएकी छिन् ।
ललितपुरमा गत शनिबार ग्रान्ड फिनालेमा १६ जना बिबाहित महिला प्रतिस्पर्धिलाई उछिन्दै उनले विजयको ताज पहिरिएकी हुन ।
बिजयी भट्टराईले मिसेस युनिभर्समा समेत भाग लिन पाउनेछिन् । बिजयीहरुलाई एचु हेयर वयलले चेक भौचर उपलब्ध गराएको थियो भने रोज ब्युटी एकेडेमीले सो प्रतियोगितामा विजय हासिल गर्ने सहभागीलाई ४० हजार बराबर सौन्दर्य सम्बन्धी कोर्ष दिने घोषणा गरेको जनायउको छ ।
पूर्ब उपराष्ट्रपति परमानन्द झा प्रमुख अथिती रहेका थिए । ललितपुरको बालकुमारी म्युजिक सिटि हलमा भएको कार्यक्रममा नेपाल टेलिकम र खल्ती एप्स मार्फत भएको भोटिङमा समेत सर्बाधिक भोट बिजयी उनले र्साधिक मत प्राप्त गरेकी थिइन् ।
राइज एन्ड साइन क्रियसन प्रालीले ३ महिनादेखी काठमाडौ, ललितपुरमा ३ चरणको अडिसन लिएको थियो । ३० जना बिबाहित महिलाहरुको बिचमा प्रतिस्पर्धा गराउँदै १६ जना भोटिङ राउन्डमा प्रवेश गरेका थिए । उनीहरुलाई जयन सुब्बा मानन्धरले अफिसियल क्रोयिग्राफर भएर कोरियोग्राफी गरेकी थिइन ।
साथै उनी कैलाली जनपुस्तकालयको ६७ औं बार्षिकोत्समा पुरस्कृत भएकी छन् । पुस्तकालयले उनलाई हर्षपार्वती लोक साँस्कृतिक राष्ट्रिय पुरस्कारबाट पुरस्कृत गरेको हो ।













