धनगढी- जापान जान चाहने विद्यार्थीहरू र कामदारहरूको लागि धनगढीमा टोकियो इन्टरनेशनल एजुकेशन इन्स्टिच्युट प्रा.लिको शाखा सञ्चालनमा आएको छ । बुधवार एक कार्यक्रमका बिच टोकियो इन्टरनेशनल एजुकेशन इन्स्टिच्युट प्रा.लिको शाखा सञ्चालनमा आएको हो ।
टोकियो इन्टरनेशनल एजुकेशन इन्स्टिच्युटका संस्थापक कार्यकारी निर्देशक प्रकाश महराले रिबन काटेर शाखाको उद्घाटन गरेका थिए । यस टोकियो इन्टरनेशनल एजुकेशनले हालसम्म १० हजार भन्दा बढी विद्यार्थीहरूको भिषा लगाउन सफल भएको टोकियो इन्टरनेशनल एजुकेशन इन्स्टिच्युटका संस्थापक कार्यकारी निर्देशक महराले बताए ।
जापानमा भिषा लगाउने मात्रै नभई गएका विद्यार्थीहरू लाई काम खोजेर काममा समेत लगाइदिने गरेको उनले बताए । एन४/एन५ को जापानिज भाषा दक्ष तथा अनुभवी शिक्षकद्वारा पठनपाठन गराइने उनले बताए ।
यस संस्थाको जापानमा आफ्नै सम्पर्क कार्यालय तथा होस्टेलसमेत रहेको छ । संस्थाले निःशुल्क परामर्श सेवा समेत दिने भएको छ । प्लस टु र बिबिएस पास भएर पढाई ग्याप भएका विद्यार्थीहरूको पनि भिषा लगाउन सफल भएको इन्स्टिच्युट दाबी समेत गरेको छ ।













