• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

चैते धानमा किसानको आकर्षण बढ्दै

  •   शनिबार, चैत १७, २०८० मा प्रकाशित

कैलाली- कैलालीको भजनी नगरपालिका–६ का पतीराम चौधरीले नौ वर्षदेखि चैते धान खेती गर्दै आएका छन्। बाढी र डुबान क्षेत्रमा राम्रो उत्पादन हुने भएपछि पतीरामले दुई बिघा क्षेत्रफलमा यस वर्ष पनि चैते धानको रोपाइँ गरे। राम्रो उत्पादन दिने र वर्षात् कम भयो भने दुईपटकसम्म उत्पादन दिने भएकाले बर्खे धान रोप्न छोडेर चैते धान रोप्न थालेको पतीरामले बताए।

“उत्पादन बर्खे धानकै जस्तो हुन्छ। बर्खामा पानी कम पर्यो भने भदौमा दोस्रोपटक पनि उत्पादन दिन्छ”, उनले भने, “बर्खे धान रोपाइँ गर्दा बाढी र डुबानका कारण कहिल्यै राम्रो भएन। त्यसैले वर्षात्को समयमा धान रोप्नै छाडिदिए।” भजनीका रुपलाल चौधरीले एक वर्षमा तीन खेती गर्नुहुन्छ। उनले हिउँदे खेतीमा तोरी लगाउँछन् भने चैतमा चैते धान र असारमा पुनः धान रोपाइँ गर्छन्।

“खेती गरेरै जीवन निर्वाह गर्नुपर्ने बाध्यतामा वर्षौँदेखि छ। पहिले–पहिले बाढी र डुबान अत्यधिक हुने हुँदा हिउँदे बाली अर्थात् एउटा खेतीमात्रै गर्न सकिन्थ्यो”, रुपलालले भने, “चैते धानखेती सुरु गरेपछि खेत बाँझो राख्नुपरेको छैन। उजाड देखिने उर्वर फाँट वैशाख÷जेठको गर्मीमा पनि हरिया देखिन थालेका छन्।”

भजनी–८ का किसन चौधरीले ११ वर्षदेखि चैते धानखेती गर्दै आएका छन्। वर्षात्को समयमा पथरैया नदी र काढा नदीको डुबानका कारण खेती गर्न नसकिने भएपछि किसनले चैते धानबाट घरमा आवश्यक खाद्यान्नको आवश्यकता पूरा गर्दै आएका छन्।

“बर्खाको समयमा बाढी र डुबानका कारण कृषियोग्य फाँट सबै बाँझा हुन्छन्। लगाएको खेती पनि डुबानले सबै नष्ट हुन्छ”, किसनले भने, “बर्खाको विकल्प फागुन–चैतमा धान रोप्ने र असारमा भित्र्याउने किसानको सङ्ख्या बढ्दै गएको छ।” उत्पादनका हिसाबले पनि चैते धान राम्रो रहेको उनको बुझाइ छ।

नगरपालिका– ८ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत चैते धानको जोन नै सञ्चालनमा ल्याइएको छ। नगरपालिकामा सबैभन्दा बढी चैते धानको आकर्षण वडा नं ३, ६, र ८ मा भएको नगरपालिकाका कृषि शाखा प्रमुख सुशोधन अधिकारीले जानकारी दिए।

“पालिकामा बजेट कम हुँदा चैते धान लक्षित कार्यक्रम यस वर्ष सञ्चालन गर्न सकिएन। किसानलाई प्राविधिक सहयोग भने गरिरहेका छौँ”, उनले भने, “बाढी र डुबानको बढी जोखिम हुने क्षेत्रका किसान चैते धानमा आकर्षित छन्। त्यसलाई फैलाउँदै लैजान नगरपालिकाले रणनीतिक योजना बनाइरहेको छ।”

नगरपालिकामा यस वर्ष करिब एक हजार हेक्टर क्षेत्रफलमा चैते धानको खेती भइरहेको छ। गत वर्ष आठ सय हेक्टर क्षेत्रफलमा किसानले चैते धानको खेती गरेका कृषि शाखा प्रमुख अधिकारीले जानकारी दिए। उहाँका अनुसार चैते धानका चार–पाँच प्रजातिका छन्।

नगरपालिकाले किसानको पहिचान खुल्ने गरी कृषि व्यक्तित्व ९प्रोफाइल० निर्माणको तयारी पनि गरिरहेको छ। नगरपालिकामा झण्डै ११ हजार हेक्टर कृषियोग्य जमिन रहेको कृषि शाखा प्रमुख अधिकारीले जानकारी दिए। उनका अनुसार पालिकाका अनुसार वर्षायाममा झण्डै तीन हजार जमिन बाढीको समस्याका कारण बाँझो रहने गरेको छ।

टीकापुर नगरपालिकामा पनि चैते धानको विस्तार सुरु गरिएको छ। राष्ट्रिय गौरवको आयोजना रानी, जमरा, कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले चैते धान विस्तारको कार्यक्रम अघि सारेको हो।

नगरपालिकाको वडा नं ६, ७ र ८ को डुबान क्षेत्रमा चैते धान विस्तार भइरहेको नगरपालिका कृषि शाखा प्रमुख मोतीसिंह विकले जानकारी दिए। “गत वर्ष भन्दा यस वर्ष केही किसानले धानखेती गरेका छन्। त्यसमा नगरपालिकाले प्राविधिक सहयोग गरिरहेको छ”, उनले भने, “किसानलाई चैते धानप्रति आकर्षण बढाउन आगामी दिनमा नगरपालिकाले कार्यक्रम ल्याउने तयारी गरिरहेको छ।”

जोशीपुर गाउँपालिकामा पनि बर्सेनि चैते धानको खेती विस्तार हुँदै गएको छ। गाउँपालिकाका कृषि शाखा प्रमुख किशोर पन्तले गत वर्षको तुलनामा यस वर्ष चैते धान खेती गर्नेको सङ्ख्या बढेको बताए। “यस वर्ष झण्डै २० हेक्टर क्षेत्रफलमा चैते धानको रोपाइँ भएको पाइन्छ। जुन गत वर्षको भन्दा बढी हो”, उनले भने, “गाउँपाकिकाले मात्रै १० हेक्टर क्षेत्रफलका लागि किसानलाई धानको बीउ वितरण गरेको थियो।”

गाउँपालिकको वडा नं ५ मा किसानले सबैभन्दा बढी चैते धान रोप्ने गरेका भन्दै पन्तले यहाँ एक हजार एक सय २० हेक्टर कृषियोग्य जमिन रहेको जानकारी दिए।
कुनै समय चैते धानप्रति किसानको निकै आकर्षण रहेको जानकी गाउँपालिका–४ र ७ मा भने सिँचाइको समस्याका कारण खेती गर्न छाडेका छन्। राष्ट्रिय गौरवको आयोजना सुरु भएपछि सहजरूपमा सिँचाइको पहुँच नहुँदा किसानले चैते धानखेती छाडेका बिज वृद्धि कृषक सहकारी संस्थाका व्यवस्थापक गोविन्दराज रावतले बताए।

“सहकारीले चैते धानको बिज वृद्धिको कार्यक्रमअन्तर्गत खेती गर्दै आएको थियो। त्यसमा किसानलाई प्रोत्साहन गर्ने काम पनि सहकारीले गर्दै आएको थियो”, रावतले भने, “आयोजनाको काम हुँदा सिँचाइमा समस्या भएपछि अहिले पूर्ण रूपमा धानखेती रोकिएको छ।” सिँचाइको सहज सुविधा भए पुनः चैते धानखेती विस्तार कार्यक्रम सञ्चालन गर्ने उनको भनाइ छ।

जानकी गाउँपालिकाका कृषि शाखा प्रमुख लालवीर चौधरीले पालिकाभित्र यस वर्ष करिब तीन हेक्टर क्षेत्रफलका मात्रै चैते धानको खेती भएको बताए। “केही वर्ष पहिले पालिकाभित्र मात्रै आठ–नौ हेक्टरमा यो धानखेती गरिन्थ्यो। सिँचाइको सहज सुविधा नहुँदा अहिले अधिकांशले छाडेका छन्”, उनले भने। रासस

  • आकर्षण बढ्दै
शनिबार, चैत १७, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.