• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

सुदूरपश्चिम सरकार ढल्यो भने चार जनाको हत्या हुन सक्छ : केन्द्रीय सदस्य रमेश

  •   सोमबार, चैत १९, २०८० मा प्रकाशित

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संस्थापक केन्द्रीय सदस्य रमेश विश्वकर्माले आफूमाथि पार्टी केन्द्रीय कार्यालयभित्रै आक्रमण भएको बताएका छन्।

काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गरेर उनले आफूहरूलाई रेशम चौधरीले आइतबार पार्टी कार्यालयमा भएको छलफलमै हत्या हुन सक्ने धम्की दिएको र सोमबार केन्द्रीय समिति बैठक सुरू हुनुअघि अनौपचारिक छलफलमा प्रधानमन्त्री भेट्न बालुवाटार गए पिट्ने बताएको दाबी गरेका हुन्।

नाउपाको केन्द्रीय कार्यालय अनामनगरमा सोमबार बिहान ८ बजेका लागि बोलाइएको थियो। तर संस्थापक अध्यक्ष रञ्जिता चौधरी आउन ढिला गरिन्। रेशम चौधरी भने आइसकेका थिए।

‘अध्यक्षज्यू बैठकमा आइसक्नु भएको थिएन। केन्द्रीय समिति बैठकअघि अनौपचारिक छलफल भएको थियो। त्यसक्रममा मलाई पार्टी कार्यालयभित्रै ढोका चुकुल चलाएर आक्रमण भयो,’ केन्द्रीय सदस्य विश्वकर्माले भने, ‘अध्यक्ष रञ्जिता आउनुअघि नै विवाद सुरू भएको थियो।’

विवादको सुरूवात कुन गठबन्धनमा जाने भन्नेबाट सुरू भएको थियो। पार्टीका नेता दामोदर पण्डित संयोजकत्वमा रहेको वार्ता टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु लाई भेट्न सोमबार बालुवाटार जाने तयारी गरेको थियो।

‘आज हामीले प्रधानमन्त्रीलाई बालुवाटारमा भेट्ने कार्यक्रम थियो। बालुवाटार गयौं भने म तिमीहरूलाई बालुवाटार बाहिरै पिट्छु भनेर उहाँले भनेपछि हामीले विरोध गरेका थियौं,’ उनले भने।

साथै २५ हजार रुपैयाँ लिएर केन्द्रीय सदस्यहरू बनाइए पनि निर्वाचन आयोगमा पार्टी अद्यावधिक नभएको जिम्मेवारी कसले लिन्छ भनेर प्रश्न उठेको थियो।

‘मलाई पार्टी कार्यालयभित्रै केही केटाहरूले आक्रमण गरे। उनीहरू पार्टीकै कार्यकर्ता पनि होलान्,’ उनले भने, ‘मेरो छेउमा लालवीरजी र बलवीरजी बस्नु भएको थियो, मलाई उहाँहरूले जोगाउनु भयो। बाहिर जान खोज्दा ढोकामा चुकुल लगाएका रहेछन्।’

आइतबार रेशम चौधरीले पार्टी कार्यालयमै विश्वकर्मासहित चार जनालाई भेटेका थिए। उक्त भेटमा रेशमले आफूहरूलाई हत्या गर्नेसम्मको धम्की दिएको पनि विश्वकर्मा बताउँछन्।

‘हिजो रेशम दाइलाई भेट्न कार्यालय गएका थियौं। हामी चार जना थियौं, उहाँले सिधै भनिदिनुभयो-यदि सुदूरपश्चिममा कमल शाहको सरकार ढल्यो भने तिमीहरू चारै जनाको हत्या हुन सक्छ। हिजो यस्तो भन्नु भएको थियो आज ममाथि आक्रमण भयो। असुरक्षित ठानेर मैले पत्रकार सम्मेलन गरेको हुँ,’ उनले भने।

आफू, टीकापुरका मेयर, वडा नम्बर ४ का अध्यक्ष, वडा नम्बर ५ का अध्यक्षले संयुक्त रूपमा आइतबार रेशमलाई पार्टी कार्यालयमा भेटेको उनले बताए।

विश्कर्माका अनुसार पार्टी बैठकमा रेशमले यस्तो अभिव्यक्ति दिएकोमा माफीसमेत मागेका थिए। विश्वकर्माले रेशमलाई पिट्ने कुरा नगर्न आग्रह गरेका थिए।

‘लोकतान्त्रिक पार्टीभित्र विचार नै राख्न नपाउने हो तरु तपाईंले पिट्ने हामीलाईरु,’ विश्वकर्माको प्रश्न थियो, ‘हिजो हत्या गर्छौं भन्नुभयो पनि भनिसके पछि उहाँ ९रेशम चौधरी० ले माफी मागेको हो। मैले आवेशमा बोलेँ भन्दै माफी माग्नुभएको हो।’

 

  • जनाको हत्या
सोमबार, चैत १९, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.