कैलाली- प्रहरीले दुई जना फरार प्रतिबादीलाई प्रकाउ गरेको छ । फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला अदालत कैलालीको विभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका दुई जनालाई सोमबार प्रहरीले प्रकाउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलाली मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले छाप,किर्ते दस्तखत मुद्धामा ११ महिना ५ दिन कैद सजाय र रु ५० जरिवाना ठहर भएका जोशीपुर गाउँपालिका– २ बस्ने लायक राम कुस्मी र सवारी ज्यान मुद्धामा ३ महिना कैद सजाय ठहर भएका टिकापुर नगरपालिका–१ बस्ने सुर्य शाहलाई प्रकाउ गरेको जनाएको छ ।













