कैलाली- लागुऔषध सहित प्रहरीले मानिस पक्राउ गरेको छ । महाकाली नगरपालिका– १ श्रीबगरस्थित दार्चुला तिंकर सडक खण्डबाट २ किलो ७०० ग्राम लागु औषध सहित बर्ष २७ का हर्कलाल रानालाई सोमबार साँझतिर प्रहरीले प्रकाउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजले चलाएको सु.प.प्र ०२९००१ त १३१० को टयाक्टरको ट्रालीमा कोदोको बोरा भित्र लुकाई राखेको अवस्थामा सो लागुपदार्थ बरामद गरेको जनाएको छ । उक्त पदार्थ फेला पछि प्रहरी सोधपुछ गर्दा उक्त सामान पठाउने व्यक्ति व्यास गाउँपालिका– ४ सुनसेरा बस्ने बर्ष अन्दाजी ५५ को जयलाल कुँवर खुल्न आएकोले निजलार्इ र टयाक्टर समेत प्रहरीले प्रकाउ गरी अनुसन्धान गरिहेको जनाएको छ ।
















