धनगढी- धनगढी उपमहानगरपालिका–३ बडहरामा रहेको न्यु एडभेन्चर फिस रिसोर्ट एण्ड पार्कमा वाटर साइकल सेवा सञ्चालनमा आएको छ । आइतवारदेखि रिसोर्टमा वाटर साइकलिङ सेवा सञ्चालनमा आएको हो ।
विगत लामो समयदेखी सञ्चालित रिसोर्ट नयाँ व्यवस्थापनसहित पुन सञ्चालन भएपछि विभिन्न सेवा थपिएका छन् । सोही अनुरूप सुदूरपश्चिममै पहिलो वाटर साइकलिङ सेवा सुरु भएको हो ।
रिसोर्टका म्यानेजर राम थापाका अनुसार सिंगल वाटर साइकलिङको तीन सय र कपल वाटर साइकलिङको पाँच सय रुपैयाँ शुल्क राखिएको छ ।
यसका साथै रिसोर्टमा बोटिङ, तालमाथि भजिपलाइन्, वाटर बल लगायत मनोरञ्जनका लागी थुप्रै सेवाहरू रहेको राम थापाले बताए ।
बच्चा देखी वृद्धसम्मलाई एउटै ठाउँमा मनोरञ्जन दिने आयामका रूपमा रिपोर्ट सञ्चालन गरिएको उनले बताए । बोटिङको प्रतिव्यक्ति एक सय, जिप लाइनको दुई सय र वाटर बलको तीन सय रुपैयाँ शुल्क रहेको उनले जानकारी दिए ।
वाटर साइकलिङको पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमालय जोशीले उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै जोशीले वाटर साइकलिङले धनगढीमा आन्तरिक सँगै बाह्य पर्यटक तान्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए । यस सँगै पर्यटकको रोजाइमा पर्ने थप सेवाहरू समेत बिस्तार गर्न उनले सुझाव दिए ।
सुदूरपश्चिममा अन्य कतै नभएको सेवा न्यु एडभेन्चर फिस रिसोर्ट एण्ड पार्कले दिइरहेको सञ्चालक करिना अन्सारीले बताइन् ।
यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरूका लागी थुप्रै सेवा छन् उनले भनिन् “वातावरणका हिसाबले स्वच्छ, सफा ठाउँ भएकालेपनि पर्यटकहरूको रोजाई एडभेन्चर फिस रिसोर्ट एण्ड पार्क पर्ने छ, पर्यटकहरूले खोजेको सेवा हामीले ल्याएका छौँ, यसबाट धनगढीको पर्यटन प्रबद्र्धनमा समेत टेवा पुग्ने अपेक्षा लिएका छौँ ।”
हामीसँग मनोरञ्जनका लागी मात्रै पार्क नभएर पारिवारिक वातावरण भएको रेस्टुरेन्ट पनि छ उनले भनिन् “घुम्नका लागी मात्रै नभएर कुनै कार्यक्रम तथा पारिवारिक भेटघाटका लागी पनि उपर्युक्त ठाउँ भएका कारण सबैको रोजाइमा यो पार्क पर्ने छ ।”













