धनगढी- धनगढीमा मोटरसाइकलले कारलाई ठक्कर दिँदा दुर्घटना भएको छ। धनगढी–अत्तरिया ६ लेन सडक अन्तरगत धनगढी उपमहानगरपालिका–१३ मोहनपुरमा सुप प्र०१००७ प ९८२५ नम्बरको मोटरसाइकलले बागमती प्रदेशको ०१०२९ च १७८३ नम्बरको कारलाई ठक्कर दिएको हो।
अत्तरियादेखि धनगढी आउँदै गरेको कारलाई पछाडिबाट मोटरसाइकलले ठक्कर दिएर दुर्घटना भएको पहरीले जनाएको छ । दुर्घटना हुँदा दुई जना घाइते भएको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
घाइते हुनेमा मोटरसाइकल चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ का २२ वर्षीय विक्रम राना र मोटरसाइकल पछाडि सवार सोही ठाउँका २१ वर्षीय दीपेन्द्र राना रहेका छन्।
घाइते दुवै जनाको माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। कार र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।मोटरसाइकलको अगाडी र कारको पछाडिको भागमा क्षति पुगेको बताइएको छ । सो दुर्घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
















