धनगढी- धनगढीमा द्रुत डाँक सेवा सम्बन्धी एक दिने अन्तरक्रिया छलफल कार्यक्रम सम्पन्न भएको छ । हुलाक सेवा विभागको आयोजनामा सोमवार धनगढीमा द्रुत डाँक सेवा सम्बन्धी अन्तरक्रिया छलफल कार्यक्रम सम्पन्न भएको हो ।
सुदूरपश्चिममा जिल्ला हुलाक कार्यालय, इलाका हुलाक, हुलाक निर्देशनालय र अतिरिक्त हुलाक कार्यालयका कर्मचारीहरुलाई द्रुत डाँक सेवाका विषयमा जानकारी दिइएको हुलाक सेवा विभागका निर्देशक ध्रुवराज आचार्यले बताए ।
अहिले जति पनि कागजाजहरु आदानप्रदान गर्दा समयमै नपुग्ने र भएकाले ढिलाइ हुने गरेको र अब द्रुत डाँक सेवाले सञ्चालनमा आएपछि छिटो छरितो सेवा दिइने सकिने उनले बताए ।
पछिल्लो समय विभिन्न कारणले गर्दा हुलाक सेवामा ह्रास आएको र अब द्रुत डाँक सेवा सञ्चालन भएपछि अझै हुलाक प्रति आर्कषण बढने उनले दाबी गरे । हालसम्म सुदूरपश्चिममा द्रुत डाँक सेवा कैलाली र कञ्चनपुरमा सञ्चालनमा आएको छ । कार्यक्रममा सुदूरपश्चिमका सबै हुलाक कार्यलयका कर्मचारीहरु सहभागि थिए ।
















