धनगढी- कैलालीको धनगढीका एक युवाले धरानका मेयर हर्क साम्पाङलाई बेल्चा उपहार दिएका छन् । धनगढी उपमहानगरपालिका-११ का युवा सन्तोष खड्काले धरानमै पुगेर मेयर साम्पाङलाई भेट्दै दुइटा बेल्चा उपहार दिएका हुन् ।
मेयर साम्पाङ समर्थक खड्काले उनको कार्यकक्षमै पुगी बेल्चा उपहार दिँदै श्रम संस्कृतिको विकासका लागि शुभकामना समेत दिए ।
मेयर साम्पाङको कामबाट आफू अत्याधिक प्रभावित भएको र उनले नेतृत्व गरिरहेको श्रमदान संस्कृतिमा थोरै भए पनि सहयोग गरेको खड्काले बताए। साम्पाङलाई सहयोग गर्न पाएको भन्दै उनले खुशी व्यक्त गरे ।
देश निर्माणमा भौतिक रुपमा सहयोग गर्न नसके पनि देश बनाउन लागिपरेका युवाहरुलाई सबैले आफ्नो आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्ने उनको भनाइ छ ।













