कञ्चनपुर-जिल्लाको कृष्णपुर नगरपालिकामा कक्षा ८ को परिक्षामा सामुदायिक विद्यालयतर्फ बंकस्थित उदय माध्यमिक विद्यालय सर्वोत्कृष्ट हुन सफल भएको छ।
शैक्षिकसत्र २०८० को भर्खरै प्रकाशित नतिजा अनुसार सो विद्यालय सर्वोत्कृष्ट हुन सफल भएको हो । कृष्णपुरका तीन विद्यालयहरूको नतिजा शून्य आएको छ। नगरभरीबाट परीक्षामा सहभागी भएका १ हजार ५ सय ४१ जना विद्यार्थीहरूमध्ये ४ सय ४९ जना अर्थात् २९ दशमलव १३ प्रतिशत विद्यार्थीहरू मात्रै उतिर्ण भएको नगरपालिकाले जनाएको छ ।
केही संस्थागत विद्यालयहरूको नतिजा भने पहिलाको तुलनामा यसपटक खस्केको जनाइएको छ । तर तुलनात्मकरुपमा केही संस्थागत विद्यालयहरूको नतिजा भने ठिकै रहेको जनाइएको छ।
समग्रमा कृष्णपुरको नतिजा कमजोर रहेपनि केही सामुदायिक विद्यालयहरूले भने सामुदायिक विद्यालयहरूप्रतिको साख गिर्न नदिएका स्थानीयको भनाइ छ ।













