बझाङ- जिल्लामा यही बैशाख १५ गते हुने उपनिर्वानको लागि माओवादी केन्द्रले पालिका स्तरमा प्रचारका गतिविधि अघि बढाएको छ ।
छबिसपाथीभरा गाउँपालिकामा संविधान सभा सदस्य एवं पार्टीको अनुशासन आयोगका सदस्य धर्मराज विकको नेतृत्वमा चुवानी प्रचार अघि बढाएको छ ।
सो पालिकामा चैत २८ गतेदेखि सुरु गरेको अभियान सम्पन्न गरि फेरि दोस्रो चरणको अभियान सुरु गरेको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य ओमप्रकाश पुनले जानकारी दिए ।
अभियानको क्रममा जनताको प्रतिक्रिया राम्रो रहेको र उनीहरुले माओवादी प्रति राखेका गुनासोसँगै सहयोगको समेत प्रतिबद्धता जनाएको उनले बताए । सो गाउँपालिकामा ७ वटा वडा छन् । चुनावी प्रचारसँगै बैठक,कमिटी निर्माण समेत गर्ने गरिएको अभियान टोली संयोजक धर्मराज विकले बताए ।













